coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

भक्तपुर – भक्तपुर नगरपालिका कमल विनायकबाट व्यासीतर्फ आउँदै गरेको बा १ क ३५५९ नंकोे टिपरले व्यासीबाट कमल विनायकतर्फ जाँदै गरेको बा ८२ प ८४७३ नंको स्कुटरलाई विहीबार अपरान्ह ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।  

मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने २६ वर्षीय राकेश खाइजु  रहेका छन् । टिपरको ठक्करबाट घाइते भएका उनलाई इवामुरा अस्पताल लगिएकमा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता कृष्ण प्रसार्इंले जानकारी दिए । 

प्रहरीले मिनीट्रक चालक भक्तपुर नगरपालिका–१३ दरबार स्क्वायर घर भई हाल भक्तपुर–८ लिवाली बस्ने ५१ वर्षीय हरिकृष्ण बासी र सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको उनले जानकारी दिए । रासस 

प्रकाशित: ८ वैशाख २०७४ ०४:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App