७ वैशाख २०८१ शुक्रबार
समाज

आगोले जलेका राउटे युवा ट्रमा सेन्टरमा भर्ना

उपचारको लागि ट्रमा सेन्टरमा राखिएका कपिल शाही। तस्बिर: प्रशान्त लामिछाने

काठमाडौं- आगोले जलेर एक वर्षदेखि थलिएका राउटे युवा कपिल शाहीलाई उपचारका लागि ट्रमा सेन्टरमा भर्ना गरिएको छ। अघिल्लो वर्ष पुसको पहिलो साता अछामको पियालतडामा आगो ताप्ने क्रममा कपिल जलेर घाइते भएका थिए।

उनलाई बिहीबार उपचारको लागि ट्रमा सेन्टरमा भर्ना गरिएको हो। आगोले पाखुरा, ढाड र पेट जलेका शाही एक वर्षको प्रयासपछि उपचार गराउन राजी भएपछि काठमाडौ ल्याइएको हो। उनलाई राउटे उत्थान प्रतिष्ठान र उपराष्ट्रपतिका छोरा दिपेश पुनको पहलमा उपचारको लागि काठमाडौं ल्याइएको हो।

राउटे समुदाय अहिले पनि झारफूक र जडिबुटीमै विश्वास राख्ने भएकोले उपचारको लागि अस्पताल जान मान्दैनन्। कपिलसँगै उपचारको लागि उनका तीन जना आफन्त समेत काठमाडौं आएका छन्। कपिल राउटे मुखिया वीरबहादुर शाहीका जेठा छोरा हुन्।

राउटे समुदाय अहिले पनि झारफूक र जडिबुटीमै विश्वास राख्ने भएकोले उपचारको लागि अस्पताल जान मान्दैनन्। कपिलसँगै उपचारको लागि उनका तीन जना आफन्त समेत काठमाडौं आएका छन्। कपिल राउटे मुखिया वीरबहादुर शाहीका जेठा छोरा हुन्। कपिलको उपचारको लागि उनका बुवा वीरबहादुर पनि काठमाडौं आएका छन्।

 समयमै उपचार नपाए पछि घाउ बल्झिए कपिल उठ्नै नसक्ने अवस्थामा पुगेका थिए। कपिलको उपचारका लागि बेल्जियमका डाक्टर लुक बुकुरसहितको टोली राउटे बस्दै आएको दैलेखको विन्द्रासैनी पुगेका थिए। डाक्टर लुकले बस्तीमै उपचार संभव नभएको बताएपछि राउटे समुदाय कपिललाई उपचारका लागि अस्पताल पुर्‍याउन राजी भएको थियो।

उपचार अभावमा कपिलजस्तै धेरै राउटे समुदाय बस्तीमै थलिएका छन्। महामुखिया ऐनबहादुर शाहीकी छोरी थलिएको पनि एक वर्ष पुगेको छ। बेल्जियमका डाक्टर लुकका अनुसार उनको अवस्था पनि गम्भीर छ।
राउटे उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी अधिकारीले कपिललाई सन्चो गराएर राउटे बस्तीमा पठाउन सके अन्य राउटे पनि उपचारको लागि अस्पताल आउन थाल्ने विश्वास व्यक्त गरिन्।  काठमाडौं लगिएको बताइन्।

मध्यपहाडी जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदाय हाल दैलेखको विन्द्रासैनीमा छन्। राउटे समुदाय करिव एक सय ५२ को हाराहारीमा छन्।

 

प्रकाशित: ७ वैशाख २०७४ १४:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App