७ वैशाख २०८१ शुक्रबार
समाज

एउटै भवनमा दुर्इ उपमहानगरले दाबी गरेपछि...

साविक मनहर्वा गाविस भवनमा अहिले कलैया उपमहानगरपालिका र जितपुर सिमरा उपमहानगरपालिका वडा कार्यालयहरु सञ्चालन गरिएको दृष्य ।

बारा– साविक गाविस मनहर्वाको कार्यालय भएको पक्की भवन आफ्नो क्षेत्रमा परेको भन्दै बाराका दुई उपमहानगरपालिकाले दावी गरेका छन्।

स्थानीय तहको पुनसंरचना अनुसार मनहर्वा गाविसका केही भाग जितपुरसिमरा उपमहानगरपालिमा र केही भाग कलैया उपमहानगरपालिकामा गाभिएपछि यस्तो समस्या देखिएको हो।

उक्त भवन आफ्नो क्षेत्रमा परेको भन्दै दुवै उपमहानगरपालिकाले त्यस भवनमा वडा कार्यालयको कामकाजहरु गर्दै आएका छन्।

साविक गाविस मनहर्वा दुई उपमहानगरपालिकाहरुमा गाभिएपछि पुरानो गाविसको कार्यालय रहेको पक्की भवनको बिषयलाई लिएर कलैया उपमहानगरपालिका र जितपुरसिमरा उपमहानगरपालिका बिच विवादसमेत देखा परेको छ ।

नयाँ स्थानीय तहको संरचनाअनुसार महनर्वा गाविसको वडा नं.४, ५ र ६ कलैया उपमहानगरपालिकामा र वडा नं.१, २, ३, ७, ८ र ९ वडाहरु जितपुरसिमरा उपमहानगरपालिकामा गाभिएको हो।

जितपुर सिमरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत दिल्लीराज बेल्वासेले साविक गाबिस मनहर्वाको भनव भएको स्थान अहिले जितपुर सिमरा उपमहानगरपालिकामा रहेकोको दावी गरेका छन्।

जितपुर सिमरा उपमहानगरपालिकाको क्षेत्रमा पर्ने उक्त भवनलाई अर्काे उपमहानगरापलिकालाई दिनै नमिल्ने उनले बताए।

कलैया उपमहानगरपालिका र जितपुर सिमरा उपमहानगरपालिका बीच भवनबारेमा बिवाद पढ्दै गएपछि आपसी सहमतिमा अहिले दुवै उपमहानगरपालिकाहरुको वडा कार्यालयहरु त्यस भवनबाट सञ्चालन समेत भइरहेको छ।

उक्त भवनबाट कलैया उपमनपाको वडा नं.२४ र जितपुरसिमरा उपमनपाको वडा नं.१७ र १८ को वडा सचिवहरु बसेर कार्यालय सञ्चालन गरिरहेको छन्।
जितपुरसिमरा उपमनपाको वडा नं.१७ र १८ मा वडा सचिव सुवेदी र कलैया उपमनपा वडा नं.२४ मा वडामा सचिव नरोत्तम अधिकारी वडा कार्यालयमा बसेर काम काज गर्दै आएका  छन् ।

बाराका प्रमुख जिल्ला अधिकारी बिजयनारायण मानन्थले शुरुमा दवै उपमहानगरपालिकाहरुले भवनको बारेमा बिवाद गरेको बताए।

दुवै उपमहानगरपालिकाका अधिकारीहरुलाई अहिले बिवाद नगर्न भने पछि उनीहरुले आपसी समझदारीमा भवनबाट आ आफ्नो वडा सचिवहरु मार्फत काम गर्दै आएको दावी प्रजियले गरेका छन्।

साविक गाविस मनहर्वाका अगुवाहरुले भवन आ–आप्mनो नगरमा पर्ने दावी गरेपछि केही दिन पहिला तनाव भएको थियो ।

 

प्रकाशित: ७ वैशाख २०७४ १२:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App