८ वैशाख २०८१ शनिबार
समाज

बम फेला पर्यो, सेनाद्वारा निष्क्रीय

सुर्खेत– वीरेन्द्रनगरस्थित शुभ होटलको कम्पाउण्डमा बुधबार बम फेला परेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चाइनापुल नजिकै रहेको होटलको कम्पाउण्डमा ग्रिनेट बम र पाँच राउण्ड गोली फेला परेको हो। सो बमलाई नेपाली सेनाको मध्यपश्चिम पृतनाअन्र्तगतको बम डिस्पोज टोलीले निष्क्रीय पारेको छ।

बम र गोलीमा खिया लागेको अवस्थामा थियो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार आचार्यले बम कस्ले र किन राखेको भन्ने विषयमा अनुसन्धान भइरहेको बताए।

उनले बम र गोली द्वन्द्वकालमा माओवादीले छोडेको हुन सक्ने अनुमान पनि गरे।

प्रकाशित: ६ वैशाख २०७४ १३:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App