coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

डोल्पामा गाडी दुर्घटना, ४ को मृत्यु २ घाइते

रुकुम– मंगलबार अपहरान्न डोल्पामा गाडी दुर्घटना हुँदा चालकसहित ४ जनाको मृत्यु भएको छ। घटनामा २ जना घाइते भएका छन्। ठुलीभेरी नगरपालिका वडा नं. ९ भित्तीबाट सदरमुकाम दुनै आउँदै गर्दा भे १ त १२५१ नं. को जीप दुर्घटना भएको हो।

दुर्घटनामा मृत्यु हुनेमा ठुलीभेरी नगरपालिका वडा नं. ९ का १६ वर्षिया लोकचन्द्र शाही, सोही नगरपालिका वडा नं. ७ की १६ वर्षीया सोनी रोकाय, त्रिपुरा सुन्दुरी नगरपालिकाका ६० वर्र्षीय धर्मलाल बुढा र दैलेख घर भएका चालक २५ वर्षीय बुदसिंह कठायतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी प्रमुख सुमित खड्काले बताए।

घाइते हुनेमा ठुलीभेरी नगरपालिकाका २१ वर्षीया पञ्च बुढा र सल्यान कालागाउँका ३५ वर्षीय केशर आचार्य छन् । उनीहरुको जिल्ला अस्पताल दुनैमा उपचार भइरहेको उनले बताए।

भित्ता र दुनैको बीचमा रहेको पाथाहल्लाको उकालोमा इन्जिन फेल भई जीप दुर्घटना भएको खड्काले जनाकारी दिए।

प्रकाशित: ५ वैशाख २०७४ १३:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App