१६ चैत्र २०८० शुक्रबार
समाज

जग्गा विवादमा झडप हुँदा रौतहटमा १८ जना घाइते

रौतहट- रौतहटको मौलापुर गाउँपालिका-७, सितलपुरको घुसुकपुर टोलमा जग्गा विवादमा झडप हुँदा १८ जना घाइते भएका छन्। स्थानीय लक्ष्मी राय यादवले तनकी राउतको जग्गा मिचेको भन्दै अमिन बोलाएपछि विवाद बढेको थियो। जग्गा नापिरहेकै बेला झडप हुँदा १८ घाइते भएका छन्, जसमा ४ जनाको अवस्था गम्भीर छ।

झडपमा तनकी पक्षका पनिलाल पटेल, गौरी राउत, महिन्द्र राउत, जयलाल राउत, विशुन्दयाल राउत, सुरिन्दर राउत, दिपेश पटेल, राजेश पटेल, विजय पटेललगायत घाइते छन्। लक्ष्मी पक्षको पिटाइबाट राम किशोर पटेल, पनिलाल राउत, गौरी राउत र कइल पटेल गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। उनीहरुको गौरमा समान्य उपचारपछि वीरगन्ज पठाइएको छ।

त्यस्तै तनकी पक्षको कुटाइवाट स्थानीय महेश यादव, दिपेन्द्र यादव, जियालाल यादव, मदन यादव, ओपिन्दर यादव घाइते भएका छन्।

घटनाको विषयमा गहन रुपमा अनुसन्धान भइरहेको प्रहरी प्रमुख एसपी यज्ञ विनोद पोखरेलले बताए।

 

प्रकाशित: ३ वैशाख २०७४ ०२:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App