१५ चैत्र २०८० बिहीबार
समाज

कटुवा पेस्हताेल र गाेलीसहित एक पक्राउ

वीरगंज– घरेलु एकनाले कटुवा पेस्तोल र त्यसमा लाग्ने ३ राउण्ड गोली सहित जिल्ला प्रहरी कार्यालय पर्साले एक व्यक्तिलाई पक्राउ गरेको छ । बाराको परवानीपुर गाउँपालिका–३ बस्ने वर्ष २७ को प्रमोद कुमार गोढलाई मंगलबार साँझ सवा ६ बजे प्रहरीले पानीटंकी एरियाबाट पक्राउ गरेको हो। 

प्रहरी हिरासतमा राखेर थप अनुसन्धान गर्ने क्रममा यसअघि उनी दुई पटक हातहथियार खरखजाना मुद्दामा जेल सजाय भोगी सकेको रेकर्ड देखिएको प्रहरीले जनाएको छ ।

यसअघि २०६५ पुस २१ गते कटुवा पेस्तोल र त्यसमा लाग्ने एक राउण्ड गोली र २०७० माघ १८ मा एक नाल कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोलीसहित पक्राउ परी दुई पटक गोढले कारागार सजाय भुक्तान गरीसकेको प्रहरी रेकर्ड छ। 

स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर भइरहेको चेकजाँचको क्रममा वीरगंज ८ नेपाली सेनाको व्यारेक पछाडि पानीटंकीबाट निजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक चक्रराज जोशीले बताए। थप अनुसन्धान भइरहेको जोशीले बताए । निर्वाचन नजिकिदै गर्दा प्रहरीले सुरक्षा सतर्कता बढाएको प्रहरी उपरीक्षक गोविन्द कुमार साहले बताए । 

 

प्रकाशित: ३० चैत्र २०७३ १४:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App