६ वैशाख २०८१ बिहीबार
समाज

आजदेखि भक्तपुरमा बिस्केट जात्रा सुरु

भक्तपुर- प्रत्येक वर्ष नयाँं वर्षको आगमनसँंगै भक्तपुरमा हुने बिस्केट जात्रा सोमबारदेखि सुरु हुँंदैछ। भक्तपुरको पाँंचतल्ले मन्दिर अगाडि राखेर बनाइएको भैरवनाथको रथलाई तानेर जात्रा सुरु हुनेछ। रथलाई सोमबार साँंझ तान्न सुरु गरेसँंगै आठ रात नौ दिन लामो भक्तपुरको बिस्केट जात्रा सुरु हुनेछ। 
भक्तपुर नगरको मध्य भागमा रहेको मानिने पाँचतल्ले मन्दिरको माथिल्लो टोल र तल्लो टोल गरी दुवैतिर डोरीको माध्यमले रथलाई तानतान गरिन्छ। करिब ३५ फिट अग्लो तीनतल्ले प्यागोडा शैलीमा काठैकाठबाट निर्माण गरिएको रथलाई सयौं युवाले तान्ने प्रचलन छ। 
गुठी संस्थान शाखा कार्यालय सूर्यविनायक भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले जात्राका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएं। जात्राका लागि आवश्यक भैरवनाथको रथ बनाउने कार्य सम्पन्न भइसकेको छ, कार्यालय प्रमुख सुवेदीले नागरिकसँंग भने, रथ गुडाउने रुटलाई पनि निश्चित र व्यवस्थित पारिएको छ। 
जात्राको सुरुको दिन रथलाई भक्तपुर नगरको तल्लो भागतिर तानेर लाने चलन छ। रथलाई पाँंचतल्ले मन्दिरबाट तल्लोतिरका गहिटी, नासमना, वंशगोपाल, भार्वाचोसम्म तानेर लाने चलन छ। यसकारण पहिलो दिन रथलाई तल्लो टोलतिर मुख फर्काएर राखिएको हुन्छ। तर, पछिल्ला वर्षमा दुवै टोलतिर तानातानको प्रतिस्पर्धा चल्छ। 
जात्राका क्रममा हजारौं जात्रालु सहभागी रहने भएकाले सुरक्षा व्यवस्था पनि मजबुत पारिएको छ। प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जात्राको सुरक्षाका लागि एक हजारभन्दा बढी सुरक्षाकर्मी र त्यतिकै संख्यामा स्वयंमसेवी परिचालित हुने बताए। जात्रामा सुरक्षालाई थप मजबुत बनाउन ठाउँंठाउँंमा २४ वटा सीसी क्यामरा पनि जडान गरिएको उनले जानकारी दिए। 
बिस्केट जात्राको मुख्य आकर्षण भैरवनाथको रथ तानातान हो। प्रत्येक वर्ष नयाँं वर्षको चार दिन अगाडि भैरवनाथको रथ तानेर सुरु हुने जात्रा प्रत्येक वर्ष वैशाख ५ गते त्यही रथ तानेर जात्राको अन्त हुन्छ। यसबाहेक जात्राको मुख्य आकर्षण लिंगो उठाउनु र ढाल्नु पनि हो। वर्षको अन्तिम दिन उठाउने लिंगो वर्षको पहिलो दिन वैशाख १ गते ढाल्ने गरिन्छ। 
इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार भक्तपुरको बिस्केट जात्रा आजभन्दा एक हजार पाँंच सय वर्ष अगाडिको लिच्छविकालदेखि चलिआएको इतिहास छ। मध्यकाल अथवा आजभन्दा ६ सय वर्ष अगाडि यक्ष मल्लको पालामा पनि विश्वजात्राको नाममा यो जात्रा चलिआएको पाइएको इतिहासविद् प्राडा श्रेष्ठले जनाए। साथै मल्लकालको अन्तिम समयमा आएर यो जात्रा आठ रात नौ दिनसम्म चल्न थालेको इतिहासमा उल्लेख भएको उनको भनाइ छ। 
 

प्रकाशित: २८ चैत्र २०७३ ०२:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App