८ वैशाख २०८१ शनिबार
समाज

११ परिवारका घर जले

इटहरी- सुनसरी बराह नगरपालिका वडा नं. ९ मा आइतबार अपरान्ह आगलागी हुँदा ११ परिवारको घरमा आगलागी भएको छ। आगलागी हुँदा घरसँगै खाद्यन्न, लताकपडालगायतका सम्पूर्ण सामान जलेर नष्ट भएको छ।

                अचनाक ४.३० बजेदेखि सुरु भएको आगलागीबाट बराह नगरपालिका वडा नं. ९ का शिवन कविरथ, भूपेश चन्द्रवंशी, सीताराम कविरथ, लोचन कविरथ, जयराम कविरथ, पारुलाल कविरथ, दिलीप कविरथ, रघु कविरथ, गोकुल कविरथ, मिसिल कविरथ र पर्शुराम कविरथको घरमा आगलागी भएको हो। स्थानीय पत्रकार बाबुराम कार्कीका अनुसुार, ११ परिवारका साना साना फुसका २५ वटा घर जलेका छन्। ‘आगलागी हुँदा घरसँगै खाद्यन्न, लताकपडा जल्नुका साथै विदेश जान ऋण खोजेर ल्याएको पैसा समेत जलेको जानकारी आएको छ,’ कार्कीले भने।

 जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, आगलागी घटनाको विवरण आइ सकेको छैन् । ‘प्रहरीको टोली आगो निभाउन सक्रिय रहेकाले गर्दा पूर्ण जानकारी आइ सकेको छैन,’ डिएसपी प्रवीण धितालले भने। आगलागी सशस्त्र प्रहरी, जनपथ प्रहरी, गाउँलेसँगै इटहरी र इनरुवाबाट गएको बारुणयत्रन्त्रले राति ७.३० बजेतिर नियन्त्रणमा लिइएको थियो।

प्रकाशित: २७ चैत्र २०७३ १३:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App