८ वैशाख २०८१ शनिबार
समाज

सवारी दुर्घटनामा एकको मृत्यु, १५ घाइते

बर्दिया – पूर्वपश्चिम राजमार्गअन्तर्गत मोतीपुरमा गाडीले ठक्कर दिँदा साइकलमा सवार एक युवकको आइतबार मृत्यु भएको छ भने गााडीमा सवार १५ जना घाइते भएका छन् । 

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दियाको बाँसगढी नगरपालिका– ९ गौतम चोकमा बा १ ज ५२०१ नंको गाडीले ठक्कर दिँदा २०– २२ वर्षीय युवकको मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक चक्रबहादुर डमरपालले बताए । 

पश्चिमबाट पूर्वतर्फ गइरहेको सो गाडीले विपरीत दिशाबाट आइरहेको साइकललाई ठक्कर दिएको थियो । ठक्कर दिएलगत्तै अनियन्त्रित भई गाडी पल्टिँदा १५ जना घाइते भएकामा पाँच जनालाई थप उपचारका लागि कोहलपुर लगिएको छ भने अन्य १० सामान्य घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । रासस 

प्रकाशित: २७ चैत्र २०७३ ०९:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App