८ वैशाख २०८१ शनिबार
समाज

फर्निचर उद्योगमा आगलागी हुँदा  एक करोडकाे क्षति

झापा – भद्रपुर– ८ मङ्गलचोकका देवेन्द्र बस्नेतको चन्द्राफर्निचर उद्योगमा आइतबार बिहान आगलागी भएको छ । 

बिहान २ः४८ बजे करेन्ट चुहिँदा खाना पकाउने ग्यासको सिलिन्डर पड्किएर आगलागी भएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । आगलागीबाट उद्योगमा रहेका यान्त्रिक औजार, तयारी फर्निचर, घरायसी सामान, लत्तापकडालगायत जलेर नष्ट भएको छ । 

आगलागी नियन्त्रणका लागि बिर्तामोड नगरपालिका र भद्रपुर नगरपालिकाका वारुणयन्त्र परिचालन गरिएको थियो । स्थानीयवासी, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतको सक्रियतामा बिहान ६ः५० बजे आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

वडा प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक नेत्रबहादुर कार्कीका अनुसार आगलागीबाट करिब रू एक करोड २५ लाख बराबरको क्षति भएको छ । क्षतिको विस्तृत विवरण आउन भने बाँकी छ । 

पीडित बस्नतेले आफू कामको सिलसिलामा इलामको पशुपतिनगर गएका बेला आगलागी भएको बताउँदै भने, “म घरमा थिइन, भर्खरै आइपुगेँ, सबै जलेछ, मेरो बिजोग भयो ।” सोही स्थानका प्रत्यक्षदर्शी राजबाबु शङ्करका अनुसार ठूला आवाजमा ग्यास सिलिन्डर पड्किएपछि आगो फैलिएको थियो । रासस 

प्रकाशित: २७ चैत्र २०७३ ०७:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App