२० श्रावण २०७७ मंगलबार
समाज

तीन थान चितुवाको छाला बरामद

कोहलपुर- कोहलपुरमा तीन थान चितुवाको छाला सहित पक्राउ परेका दुई अभियुक्तलाई थप कारवाही र अनुसन्धानका लागि बाँके राष्ट्रिय निकुञ्जमा पठाइएको छ। चैत २४ गते प्रहरीले तीन वटा चितुवाको छालासहित जाजरकोट सुवानाली–८ का जसे थापा र सुवानाउली–७ का प्रेम बहादुर रावतलाई पक्राउ गरेको थियो।

पक्राउ परेका दुई जनलाई आवश्यक अनुसन्धान र कारवाहीका लागि बाँके निकुञ्जमा पठाएको ईलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले बताए। तीन थान चितुवाको छालालाई करिब पाँच लाखको विक्रि गर्ने तयारी अवस्थामा उनीहरुलाई पक्राउ गरिएको उनले बताए। अभियुक्तले कोहलपुर १० का एक होटल व्यवसायीलाई चितुवाको छाला विक्रि गर्ने तयारी गरेको अवस्थामा कोहलपुर प्रहरी र क्षेत्रीय अनुसन्धान समुह बाँकेको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो।

 

प्रकाशित: २६ चैत्र २०७३ १४:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App