coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चोरी गर्ने गिरोह पक्राउ

कपिलवस्तु- सुनका गहना चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले ९ जनाको समूहलाई पक्राउ गरेको हो। करिब ३ तोला सुनका सामाग्री, २ वटा चोरीका मोटरसाईल सहीत उनीहरु लाई प्रहरीले पक्रेको हो। गत चैत १६ गते दिउँसो बाणगंगा नगरपालिका– ११ स्थित ओदारीमा लाग्ने हाज बजारमा स्थानीय कमलाका कुँवरको घाटीमा लगाएको २ तोला बराबरको सुनका सिक्री लुटेर उनीहरु फरार भएका थिए।

 कुँवरको उजुरीका आधारमा प्रहरीले चैत १६ गते साझ नै बाराको खोपवा गाबिस– ३ का १३ बर्षे एक बालक सुनको सिक्री सिक्री सहीत पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रहद अधिकारीले बताए। नाबालक कै बयानका  आधारमा रुपन्देहीको बेथरी बजारबाट अन्य ८ जना चोरहरु पक्राउ परेका थिए। चोरहरुबाट लु ४ प ६७४९ र लु १३ प ८४१० नम्बरको चोरीको मोटरसाईल समते बरामद गरिएको थियो। पक्राउ पर्नेहरुमा एक १६ बर्षे बालक, राम प्रबेश कुमार राय, ३३ बर्षे मोसाफिर मियाधोबी रहेका छन् ।

यस्तै पर्साका बिशाल राय यादव, बेचु राय यादव, रबि कुमार राय, अज राय, राजाराय नट समेत पक्राउ परेका छन्। उनीहरुबाट २ तोलाको सिक्री थान एक, सुनको चुडिाएको आधा तोला सुन थान एक र रातो धागो सहीतको सुनको मानो लकेट समेत बरामद भएको प्रहरी उपरीक्षक भोजजंग शाहले बताए। यसैबिच जिल्ला प्रहरी कार्यायले तौलिहवामा पत्रकार सम्मेलन गरी उनीहरुलाई बरामद सामाग्रीहरु सहित सार्वजनिक गरेका छ।

प्रकाशित: २५ चैत्र २०७३ १३:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App