८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

खप्तड अन्तराष्ट्रिय अध्यात्मिक सम्मेलन सुरु,प्रधानमन्त्रीले गरे उद्घाटन

पृथ्वीको स्वर्ग भनेर चिनिने ऐतिहासिक, धार्मिक तथा रमणीय स्थल खप्तडमा प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु भएको छ।

योग गुरु राम देव र वालकृष्ण आचार्य लगायतको सहभागिता रहेको सम्मेलनको मंगलवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन्। आज मंगलबार देखि सुरु भएको सम्मेलन २५ गते सम्म चल्ने छ।

यसैगरि सम्मेलनमा पुर्व प्रधानमन्त्री झलनाथ खनाल, प्रदेश प्रमुख देबराज जोशी, उपप्रधानमन्त्री तथा गृह मन्त्री  नारायणकाजी श्रेष्ठ लगायतको उपस्थित रहेको छ।

डोटी अछाम बझाङ र बाजुराको सिमा सँग जोडिने खप्तडको ऐतिहासिक र धार्मिक महत्व रहेको छ। २२ वटा पाटन र ५३ वटा थुम्का, बिभिन्न प्रकारका फुल फुल्ने  खप्तडले जोकोहीलाई मन्त्रमुग्ध बनाउने गरेको छ। 

खप्तड बाबाले तपस्या गरेको खप्तड महत्वपुर्ण धार्मिक पर्यटकिय गन्तव्य बन्न सक्छ। धार्मिक पर्यटकिय स्थलको रुपमा विकास गर्न याहाँ अन्तराष्ट्रिय अध्यात्मिक सम्मेलन गरिएको हो।

समुद्र सतहबाट ३ हजार मिटर उचाइमा रहेको खप्तड क्षेत्रको क्षेत्रफल २ सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ।

प्रकाशित: २३ जेष्ठ २०८० ०८:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App