१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सडकका निर्माण सामाग्री जफत हुने

काठमाडौं-सडकमा जथाभावी निर्माण सामग्री राखेर निर्माण कार्य गरिरहनु भएको छ? यसो हो भने होसियार रहनुस् किनकी काठमाडौं महानगरपालिकाले सडकमा निर्माण सामाग्री राखेको पाएमा जफत गर्ने भएको छ।

महानगरपालिकाले सार्वजनिक गरेको तत्काल सुधार कार्ययोजना २०७३ मा यस्तो निर्णय गरिएको उल्लेख छ। ‘अहिले सडकमै निर्माण सामग्री थुपारेर सडक अवरुद्ध गर्ने प्रवत्ति व्यापक छ,’ महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत ईश्वरराज पौडेलले भने, ‘यसले गर्दा धुलो समेत बढेको छ । धुलो र सडकको अवरोधलाई रोक्न सडकमा राखिने सामग्री जफत गर्ने योजना बनाएका छौं ।’ पौडेलका अनुसार निर्माण सामग्री राखेको पाइएमा पहिलो चरणमा हटाउन सूचना दिने तर तोकिएको समयमा नहटाए जफत नै गरिने छ।

महानगरपालिकाले जफत गरिएको सामग्री लिलाम गर्ने महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए । कार्कीका अनुसार जथाभावी थुपारिने निर्माण सामग्री जफत गर्न एक थान डोजर÷रोडर र ट्रिपर महानगरपालिकाले व्यवस्था गरिसकेको छ । यस कार्यको चाँडै नै थालनी गरिने महानगरपालिकाका प्रमुख पौडेलले जनाए ।

घर निर्माण व्यवसायीलाई सूचीकृत हुनुुपर्ने

महानगरभित्र घर निर्माण गर्ने निर्माण व्यवसायी तथा ठेकेदारले महानगरपालिकामा सूचीकृत हुनपर्ने अनिवार्य व्यवस्था गरेको छ । आगामी तीन महिनाभित्र निर्माण व्यवसायी तथा ठेकेदारलाई सूचीकृत गर्न आह्वान गरिएको छ । ‘सूचीकृत नभएका ठेकेदारका कारणले धेरै समस्या छन्,’ महानगर प्रमुख पौडेलले भने, ‘ठेकेदारलाई सूचीकृत गरेर प्रमाणपत्र दिएपछि ठेक्का लिन र दिन दुवै सजिलो हुनेछ ।’ महानगरमा सूचीकृत भएपछि मापदण्ड र भवनसंहिता समेतको विषयमा निर्माण व्यवसायीलाई तालिम दिइने महानगरले जनायो । तालिमपछि पद्धति बसाल्न सहयोग पुग्ने महानगरपालिकाको ठहर छ ।

 

प्रकाशित: २० चैत्र २०७३ ०३:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App