coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

धम्क्याएर पैसा उठाउने एक जना प्रहरीको फन्दामा

सर्वसाधारणलाई धम्क्याएर पैसा असुल गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बजारमा दिउँसै सर्वसाधारणलाई धाक धम्की दिई पैसा असुल गर्ने महोत्तरीका एक जनालाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको हो।

सर्लाहीको हरिवन बजारमा विभिन्न पसलहरुबाट धाकधम्की दिई विभिन्न बहानामा पैसा असुली गर्ने महोत्तरीको गौशाला नगरपालिका ११ कान्छी बजारका २८ वर्षीय उत्सव लामालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

लामाले धम्क्याएर पैसा असुलेको गुनासो आएको तथा सिसिटिभी फुटेज समेतको आधारमा खोजतलास गर्दा प्रहरीले हरिवन नगरपालिका ११ स्थित राँगा बजारबाट पक्राउ गरेको हो। घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डिएसपि कैलाश राईले जानकारी गराएका छन्।  

प्रकाशित: २० जेष्ठ २०८० १०:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App