राष्ट्रपति कार्यालयबाट प्रमाणीकरण भएको नागरिकता विधेयक बिरोधमा काठमाडौंमा प्रदर्शन भएको छ।आज काठमाडौंको माईतीघरमा नागरिकता विधेयक प्रमाणीकरण भएको बिरोधमा प्रदर्शन भएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते नागकिरता विधेयक प्रमाणीकरण गरेका थिए। नागरिकता विधेयक प्रमाणीकरण असंवैधानिक भएको भन्दै विभिन्न स्थानमा बिरोध भएको छ।
यसकै बिरोधमा आज माईतीघरमा राष्ट्रवादी केन्द्र नेपालले नागरिकता विधेयक खारेजी र अखण्ड नेपालको पक्षमा बिरोध प्रर्दशन गरेको हो। उनीहरुले माईतीघरमा ढ्यांग्रो ठटाएर बिरोध जनाएका हुन।
प्रकाशित: १९ जेष्ठ २०८० १२:५८ शुक्रबार