७ वैशाख २०८१ शुक्रबार
समाज

नेता शाहका हत्यारालाई समाउन जाजरकोट कांग्रेसद्वारा २४ घण्टे अल्टिमेटम

नेता शाहका हत्यारालाई कारवाहिको माग गर्दै पार्टीको तर्फबाट प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेललाइ ज्ञापनपत्र वुझाउँदै नेपाली काँग्रेस जाजरकोटका कार्यवहाक सभापति सर्पराज रावत। तस्बिरः जनक केसी

जाजरकोट– मंगलबार साँझ विभत्स ढंगले हत्या गरिएका नेपाली काँग्रेस जाजरकोटका नेता रविन्द्र शम्सेर शाहका हत्यारालाई २४ घन्टाभित्र नसमाते  कडा आन्दोलन गर्ने  काँग्रेसका नेता कार्यकर्ताहरुले स्थानीय प्रशासनलाई चेतावनी दिएका छन्।

सुरक्षाकर्मीको सहज पूहुँच हुने स्थानमा समेत आफ्ना नेताको  वर्वतापूर्वक हत्या गरिएको भन्दै बुधबार साँझ ६ बजेसम्म घटनाको कारण र हत्यारालाई सार्वजनिक गर्न  काँग्रेस जाजरकोटले  स्थानीय प्रशासनलाई २४ घन्टे अल्टीमेटम दिएको छ।

नेता शाहको हत्याको विरोधमा  बुधबार  काँग्रेसले जिल्ला बन्द गराएको छ। काँग्रेसले बन्दको आह्वान गरेपछि जिल्लाबासीले स्वतस्फूर्त रुपमा  साथ दिँदै   बुधबार जिल्ला ठप्पै वनाए ।  
नेपाली काँग्रेसले  प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेललाइ ज्ञापन पत्र वुझाउदै  २४ घन्टे अल्टीमेटम

दिएको   छ । जुलुस सहित जिल्ला प्रशासन कार्यालय पुगेका   काँग्रेस नेताहरुले  शाहका हत्यारालाइ कुनै पनि हालतमा छिटो समात्न आग्रह गरे ।  काँग्रेसको नेतृत्वमा  भएको  विरोध जुलुसमा  स्थानीय वासीको ठुलो  सहभागिता  थियो ।

सदरमुकामकै मुख्य स्थानमा  आफना कार्यकर्ताको हत्याले जिल्लाको  सम्पूर्ण  सुरक्षा अवस्थामा चुनौती  थपेको  नेपाली काँग्रेस जाजरकोटका सचिव खडक विसीले वताए । उनले  आफना नेता शाहको हत्या अराजकताको पराकाष्टा भएको बताए ।  शाहका हत्यारालाइ कुनै पनि  वहानामा उम्किन दिन  नहुने  उनले वताए । नागरिक अगुवा  राजेन्द्र विक्रम शाहले  शाहको हत्याले  जिल्लाको शान्ति सुरक्षा माथि ठुलो चुनौति थपेको वताए । यस तर्फ स्थानीय प्रशासन सचेत नभए   सर्वसाधारणमा  भय वढ्दै जाने  उनले वताए ।  काँग्रेस नेता शाहको  हत्याको विरोधमा  जिल्ला स्थित विभिन्न संघ संस्थाहरुले पनि  विज्ञप्ती मार्फत विरोध जनाउदै  हत्यारालाइ कडा कारवाहिको माग गरेका छन् ।

नेपाल प्रेस युयिन, गैरसरकारी सँस्था महासंघ, नागरिक समाज, पाँचतारा युवा संंरक्षक मन्च,  नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाली काँग्रेस लगाएतका एक दर्जन वढी  संघसस्थाहरुले हत्याको विरोध गर्दै हत्यारालाइ कारवाहिको माग गरेका छन् ।

 

प्रकाशित: १६ चैत्र २०७३ ०९:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App