२३ असार २०७७ मंगलबार
समाज

विद्युत चोरी गर्ने पक्राउ

विद्युत चोरी गर्ने व्यक्तिलाई विद्युत कार्यालयमा झार्दै प्रहरी । तस्विरः टेकेन्द्र बस्याल

कोहलपुर – नेपालगन्ज उपमहानगरपालिका भित्रका विभिन्न स्थानमा विद्युत चोरी गर्ने ६ जनालाई सोमबार बिहान पक्राउ गरिएको छ । नेपाल विद्युत प्राधिकरण नेपालगंज वितरण केन्द्रले चुहावट नियन्त्रण कार्य अन्तर्गत विद्युत चोरी गर्ने ६ जनालाई पक्राउ गरेको हो ।
उपमहानगरपालिकाको ८, १२ र २५ वडाबाट उनीहरू बिहान पक्राउ परेका हुन् । पक्राउ परेका ६ जनाबाट एक लाख १० हजार रुपैँया जरिवाना असुली गरिने विद्युत प्राधिकरण वितरण केन्द्र प्रमुख उमेशकुमार झाले बताए । नेपालगंज वितरण केन्द्र कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा उनीहरुलाई पक्राउ गरिएको हो । 
घरका मिटर, तारबाट डाईरेक्ट हुकिङ्ग गरेर विद्युत चोरी गरेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।  उनीहरूको साथबाट विद्युत चोरी गर्न प्रयोग गरिएको तार, मोटर, मिटर नियन्त्रणमा लिएको छ । 

 

प्रकाशित: १४ चैत्र २०७३ १०:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App