७ वैशाख २०८१ शुक्रबार
समाज

बसको ठक्करबाट एकको मृत्यु, दुई गम्भीर घाइते

चितवन – पूर्वी चितवनको खैरहनीस्थित बाबा ग्यास नजिकै राजमार्गमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अन्य दुई जना गम्भीर घाइते भएका छन् । 

गएराति करिब १२ बजेको समयमा पूर्वबाट पश्चिम जान आउँदै गरेको बा ५ ख ८९६१ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको बा ७५ प ९४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो । 

दुर्घटनामा परी मोटरसाइकलमा सवार तीन जनामध्ये एक जनाको राति नै उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको अहिलेसम्म पहिचान खुलेको छैन । 

गम्भीर घाइते भएका दुई जनाको अहिले सोही कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये एकजना रत्ननगर नगरपालिका–४ का १९ वर्षीय जोसेफ दराई रहेको र अर्का घाइतेको पनि पहिचान नखुलेको प्रहरीले जनाएको छ । ठक्कर दिएको बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस 

प्रकाशित: १४ चैत्र २०७३ ०४:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App