coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु

धनगढी – पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको चौमाला कुचैनी सडकखण्डमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा कैलालीको साविक साडेपानी गाविसका ३० वर्षीय प्रकाश चौधरी, सोही ठाउँका ३० वर्षकै हरिनारायण चौधरी र साविक मुनुवा गाविसका २३ वर्षीय रामलाल चौधरीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेका से५प २०७१ नम्बरको मोटरसाइकल सडक किनारमा रोकिराखेको लु३त ५०३२ नम्बरको ट्र्याक्टरको ट्रलीसँग ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकलमा सवार यी तीनै जनाको मृत्यु भएको हो । 

दुर्घटनापछि घाइते दुई जनाको पद्मा अस्पताल अत्तरियामा र एक जनाको नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो । रासस 

प्रकाशित: १३ चैत्र २०७३ ०५:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App