१६ चैत्र २०८० शुक्रबार
समाज

स्वर्गीय पत्रकार कर्ण बोहरा लिखित ममता एल्बम विमोचन

धनगढी– कंचनपुरका स्वर्गीय पत्रकार कर्ण बोहराले लेखेका ५ वटा गीतको ममता एल्बम शनिबार महेन्द्रनगरमा एक समारोहका बिच विमोचन गरिएको छ ।

नेपाल पत्रकार महासंघ कञ्चनपुरको आयोजनामा भएको कार्यक्रममा प्रमुृख अतिथी बरिष्ठ पत्रकार नारायण बाग्लेले बिमोचन एल्बमको बिमोचन गरे । ममता एल्वममा समेटिएका ५ वटा गीतमा नेपाल पत्रकार महासंघ कञ्चनपुरका पुर्व अध्यक्ष समेत रहेका स्वर्गीय बोहराको शव्द र गायक शिशीर योगीको स्वर रहेको छ ।
बोहरा जिवितै रहँदा रेकर्डिङ गरी ठिक्क अवस्थामा राखिएका ५ वटा गीतहरुलाई समेटेर ममता एल्वम तयार पारिएको हो । दुई वटा मृगौला फेल भएकी श्रीमती ममता वोहरा उपचारका क्रममा कुरुवा रहदाँ उनले गित लेखेका हुन ।

श्रीमतीको उपचारका क्रममा कुरुवा बसेका बेला नै पत्रकार बोहराको मंसिर १० गते काठमाडौको भेनस अस्पतालमा मृत्यु भएको थियो ।

सो कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयले संकलन गरेको थप रकम १५ लाख ३५ हजार र क्षेत्रीय समितिले थप संकलन गरेको १ लाख ६५ हजार समेत प्रदान गरिएको छ । यसैबीच स्वर्गिय पत्रकार बोहराको स्मृतिमा एम्बुलेन्स खरिद गरिने भएको छ ।

एलबम बिक्रीबाट संकलित रकम र अन्य स्रोत जुटाएर बोहराको स्मृतीमा एम्बुलेन्स खरिद गरिने नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका अध्यक्ष बिष्णु अवस्थीले बताए । स्वर्गीय पत्रकार बोहराकी पत्नी ममता बोहराले एम्बुलेन्स खरिदका लागि एकहजार क्यासेट पत्रकार महासंघलाई प्रदान गरेकी छिन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालय, कैलालीका जनकराज पाण्डेय, पत्रकार महासंघ कञ्चनपुरका निर्वतमान अध्यक्ष लक्ष्मण तिवारी, पत्रकार दिर्घराज उपाध्याय, पत्रकार श्रीराम सिग्देल र गायक शिशिर योगीलाई सम्मानित गरिएको छ ।

प्रकाशित: १२ चैत्र २०७३ १३:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App