९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

ढिकीजाँतोबाट मुक्ति खोज्दै ग्रामीण महिला

पुरचौडी नगरपालिका–१ भकुडाका स्थानीय महिला अचार र सस बनाउने मेसिनल्याउन समुहमा छलफल गर्दै । तस्बिरः बिरा गडाल

बैतडी– ‘ढिकी, जाँतो, ओखलले हातमा ठेला उठ्यो,’ पुरचौडी नगरपालिका–१ कोपिखेतकी राइमती धानुकले भनिन्, ‘हाम्रा दिन यसैमा बित्ने भए, गाँउमा मिल भए सहज हुन्थ्यो।’ मेलापात र परम्परागत प्रविधिले महिलाहरुले दुःख भोग्दै आएको भन्दै स्थानीय महिला दैनिक प्रयोग हुने सजिलो प्रविधि गाँउमा भिœयाउन खोज्न थालेका छन्।

स्थानीय महिलाहरु आमा समुहमार्फत गाँउमा अन्न र धान कुट्ने मिल ल्याउन खोजेका हुन्। परम्परागत प्रविधिमा समय बढी, श्रम बढी खर्चिंदा घरका अन्य काम गर्ने समय नपुगेको भन्दै जीवन यापनका आधुनिक प्रविधितर्फ आकर्षित हुन थालेका हुन्।

कृषि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सञ्चालन भइरहेको कृषि तथा खाद्य सुरक्षा आयोजना  (एएफएसपी)सँग स्थानीय महिलाहरुले  जीवनयापनका  सहज साधनको माग राखेका हुन्। स्थानीय महिलाहरुले घरायसी एवं कृषि कार्यमा बढी समय बित्ने गरेको गुनासो गरेपछि आयोजनाले कुटानीपिसानीको मिल खरिदको लागि सहयोग गर्ने समाजिक परिचालिका पशुपती बोहराले बताइन्। केही समयअघि गाँउमा कुटानीपिसानीको मिल थियो। लघु जलविद्युत् समुहले सञ्चालन गरेको मिल एक वर्षमै बिग्रेपछि स्थानीय महिला ढिकी जाँतो, ओखलमा निर्भर भएका हुन्। गाँउमा मिल हुदाँ सजिलो थियो, स्थानीय राजेन्द्रबहादुर धनुसेले भने, ‘पहिले गाँउमा मिल हुदाँ स्थानीय बाध्य महिला फुर्सदमा थिए। तर अहिले ढिकीजाँतोमै बढी समय बिताउने गरेका छन्।’

‘जाँतो र ओखलमै दिनबिते’ कोपिखेतकी पशुपती धानुकले भनिन्, ‘मासिक बचतले आमा समुहको कोषमा भएको रकम र केही रकम सहयोग पाए कुटानी पिसानी मेसिन ल्याउने तयारीमा छौं।’

यस्तै पुरचौडी नगरपालिका–१ दाडिमपटाका स्थानीय महिलाले गोबरग्यासको माग गरेका छन्। दाउरा खोज्न दिनभरी लाग्ने र वनविनासको क्रम बढ्दा दाउरा पाउन समस्या भएपछि सजिलोको लागि गोबरग्यासको माग गरेका हुन्। दैनिक प्रयोगमा साधनहरु  सहज प्रविधिका भएपछि समय कमलाग्ने, शारीरिक परिश्रम कम हुँदा बालबालिकाको हेरचाह गर्न बढी समय पाउँदा पोषण अवस्था समेत सुधार हुने भन्दै स्थानीय महिलाले गाँउमा प्रविधि भिœयाउन खोजेका हुन्। दाउरा खोज्नमै दिन बित्छ घरमा गोबरग्यास वा एलपी ग्यास भए गृहणीहरुलाई घरधन्दा गर्न सजिलो हुने राजमती बिष्टको भनाइ छ।

पुरचौडी नगरपालिका–१ भकुडाका स्थानीय महिला अचार र टमाटरको सस बनाउने मेसिन भित्राउन चाहेका छन्। तीन वर्षयता गाँउमाप्रशस्त तरकारी फल्नथालेपछि बढी फाइदा लिन सस र अचार बनाउने योजनाबनाएको स्थानीय चेतना गडालले बताइन्।

‘सिजनमा गोलभेडा प्रशस्त फल्छन् बजारमा सस्तोमा बेच्नबाध्यभएका छौं,’ पार्वती बमले भनिन्, ‘सस बनाएपछि राम्रो मूल्य पाउने र सड्ने गल्ने कुनै चिन्ता हुँदैन।’

घरधन्दामै बढी समय बित्न थालेपछि महिलाहरु  फुर्सद निकाल्न सक्तैनन हाट स्वास्थ्य चौकीका प्रमुख बिनोद कुँवरले भने, ‘दिनभरी खेतबारी, मेलापातमा बिताउँदा समयमै बालबालिकाले प्रयाप्त खाना नपाउँदा कुपोषणको सिकार हुने गरेका छन्।’
बढी समय कामधन्दामै व्यतित गर्दा बालबच्चा खानपिनको लागि समय पुग्न नसकेको महिलाहरुको गुनासो छ । बिहान झिसमिसेदेखि राति अबेरसम्म काममै बित्छ स्थानीय द्रोपती धनुसेले भनिन्, ‘स्वास्थ्यको ख्याल गर्ने समय नै हुँदैन।’
ग्रामीण क्षेत्रका स्थानीय कृषिमा आत्मनिर्भर छन्।  परम्परागत प्रविधि प्रयोगले समय बढी लाग्ने उत्पादन कम हुदाँ खाद्यान्न उत्पादन कम हुने गरेको स्थानीय बताउँछन् । प्रविधिको विकाससँगै मेसिन औजारले थोरै समयमा बढी कामगर्न सक्ने अवस्था भए पनि परम्परागत साधनले बढी परिश्रम र समय खर्चिंदा अन्य आयमुलक क्रियाकलापमा समय दिन नसकेको स्थानीय बताउँछन्।

महिलाहरुको बढी समय घरायसी कामधन्दामा बित्ने गरेको छ ।  कृषिअधिकारको क्षेत्रमा कार्यरत रडेसका कार्यकारी निर्देशक गोविन्दराज जोशीले भने, ‘महिलाहरुले घरायसी एवं कृषि कार्यमा बढी समय दिने गरेका छन्, समयमै

खानानपाउदाउनीहरुको खाद्यअधिकार समेत खोसिएको छ। आधुनिक कृषि औजारहरुको कम प्रयोगले यस्तो समस्या भोग्दै आएको जोशीको तर्क छ।

प्रयाप्तभोजन, आराम नपाउँदा महिलाहरुमा विभिन्न शारीरिक समस्या उत्पन्न हुने गरेको स्वास्थ्यकर्मी बताउँछन्। समयमै स्तनपान र खाना नखुवाउँदा बालबालिकाको पोषण अवस्था जटिल बन्दै गएको जिल्ला स्वासथ्यकार्यालयका हेल्थ असिष्टेन्ट शन्तोस पाण्डेयले बताए । प्रविधिको विकास तथा अनुुकुल तास प्रविधिको  प्रयोगले उत्पादन बढ्नुका साथै कम समय र श्रम कमखर्चिदा महिलाहरुलाई सहज हुने घरको आम्दानीमा वृद्धि पाण्डेयले बताए। आधुनिक खेतीप्रणली र प्रविधिहरुको विकासले स्थानीयले जीवनयापन गर्न सहजता पाउने छन ।

 

 

प्रकाशित: १२ चैत्र २०७३ ०८:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App