१० आश्विन २०७७ शनिबार
समाज

शारीरिक सम्वन्ध पछि हत्या गर्ने पक्राउ

सन्तोष सिंह

सर्लाही–शारीरिक सम्बन्ध पछि हत्या गरेको आरोपमा युवक पक्राउ परेका छन्। सर्लाहीको सहोर्वामा ढुङ्गाले टाउकोमा हिर्काएर निर्ममता पुर्बक महिला हत्या आरोपमा प्रहरीले दिनेश साहलाई पक्राउ गरेको हो।

चैत्र २३ गते सहोर्वा–१ पटेर्वा र पोखरीयाको बिचमा सुन्दरपुर चोहर्वा–४ की ३५ वर्षीया फुलकुमारी देवीको हत्या आरोपमा बरहथवा–११ का २८ वर्षीय दिनेश साहलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। उखुको बीउ खरिद गर्ने क्रममा महिलासँग चिनजान भएको र पैसा लेनदेनको क्रममा सामिप्यता बढेपछि सहमतिमै शारिरिक सम्बन्ध बनाएर साहले हत्या गरेको प्रहरीले जनाएको छ। 

फागुन २२ गते  ज३प ७७८८ नम्बरको मोटर साइकल चढेर बरहथवा आएर साहले तीस हजार रुपैयाँ दिएर हरिवन आएर राती फर्किने क्रममा घरबाट भगाएर लैजान युवकलाई दवाव दिएको नमानेपछि मार्न लगाइ दिन्छु भनेर धम्कि दिएपछि ढुङ्गाले पछाडीबाट हिर्काउँदा महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।  घटनास्थलमा नै महिलाको मृत्यु भएपछि महिलाकै साडीबाँधेर नजिकै झुण्डियाएर साह फरार भएका थिए।

प्रकाशित: ५ चैत्र २०७३ १४:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App