२९ असार २०७७ सोमबार
समाज

३८ हजार अबैध डलर हङकङ लैजान खोज्ने लामा विमानस्थलमा पक्राउ

काठमाडौं – प्रहरीले अवैध रुपमा ३८ हजार नौसय ९९ अमेरिकी डलर हङकङ लैजान खोज्ने पेम्बा लामालाई शनिबार बिहान  पक्राउ गरेको छ। 
त्रिभुवन विमानस्थल सुरक्षा गार्डले काठमाडौंबाट नेपाल एयर लाईन्सको उडानमा हङकङ जाने तयारीमा रहेकी लामाको साथबाट उक्त रकम बरामद गरेको हो। 
विमानस्थल प्रहरी प्रमुख डिआईजी पंकज श्रेष्ठले दुई तीन पटक काठमाडौं–हङकङको यात्रा गरिसकेकी लामाले उक्त रकम कुन प्रयोजनका लागि लैजान खोजेकी हुन अनुसन्धान भै रहेको बताए । उनले लामालाई थप अनुसन्धानका लागि आईतबार राजस्व अनुसन्धान विभागमा बुझाउने तयारी भै रहेको बताए ।
प्रहरीले लामाले नेपाली करिब ३९ लाख रुपैयाँ सुन खरिदका लागि लगेको हुनसक्ने आशंका गरेको छ । नेपालबाट अवैध रुपमा विदेशी मुद्रा लैजाने र हङकङबाट सुन तथा अन्य वस्तुको अवैध आयात हुँदै आएको छ। 

प्रकाशित: ५ चैत्र २०७३ १३:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App