coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

वडा कार्यालयका साइन बोर्ड स्थानीयको नियन्त्रणमा

संयुक्त वडा कार्यालयमा अवरोध गर्दै खोलागाउँका स्थानीयहरु । तस्बिर : गणेश बिक

रुकुम–चौरजहारी नगरपालिकाले वडा कार्यालय स्थापना गर्न लाग्दा खोलागाउँका वासिन्दाहरुले अवरोध पुर्याएका छन् । चौरजहारी नगरपालिकाको नाम जहरी नगरपालिका हुनु पर्ने र नगरपालिकाको केन्द्र मध्यभागमा हुनु पर्ने भन्दै उनीहरूले वडा कार्यालय स्थापनामा अवरोध पुर्याएका हुन् ।
चौरजहारी नगरपालिकाका १०, ११ र १२ वडाका संयुक्त वडा कार्यालय स्थापना गर्न गएका चौरजहारी नगरपालिकाका निमित्त कार्यकारी अधिकृत सहित टोली खोलागाउँ पुगेको थियो । स्थानीयहरूले वडा कार्यालय स्थापना गर्न अवरोध पुर्याएपछि कार्यालय स्थापना नगरी उक्त टोली फर्किएको छ । यस भन्दा पहिला स्थानीय पुनसंरचना समितिले जहरी नगरपालिका बनाउने निर्णय गरेको थियो । यहाँका वासिन्दाहरूले चौरजहारी नगरपालिकाको नाम जहारी नगरपालिका नहुँदा सम्म वडा कार्यालय स्थापना गर्न नदिने बताएका छन् । वडा कार्यालयमा झुन्ड्याउन लगिएको साइनवोर्ड समेत यहाँका बासिन्दाहरूले नियन्त्रणमा लिएका छन् । चौरजहारी नगरपालिकाले गरेका कुनै पनि कार्यक्रममा खोलागाउँका वासिन्दाहरुले सहभागिता नजनाउने यहाँका डिल्ली वहादुर खत्रीले बताए । स्थानीय नियकाले चुनावमा समेत सहभागि नहुने स्थानीयको भनाई छ ।
यसैबीच मुसीकोट नगरपालिकाले भलाक्चा र छिवाङमा संयुक्त वडा कार्यालय स्थापना गरेको छ । भलाक्चा वडा नं. ९ र १० को वडा कार्यालय र छिवाङमा १३ र १४ संयुक्त वडा कार्यालय स्थापना गरिएको मुसीकोट नगरपालिकाका सूचना अधिकारी रामबहादुर केसीले बताए । नगरपालिकाले चौखावाङमा यस अघिनै संयुक्त वडा कार्यालय स्थापना गरेको थियो ।


 

प्रकाशित: ३ चैत्र २०७३ ११:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App