coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

फ्याक्ट्सको नयाँ संस्करण सार्वजनिक

काठमाडौं- “फ्याक्ट्स् अफ नेपाल २०१७”को तेस्रो संस्करण सार्वजनिक भएको छ। फ्याक्ट्स रिसर्च एण्ड एनलाइटिक्स र वि–रिडद्वारा पुस्तक निकालेको हो।

अघिल्लो अंकमा सूचनागत दृश्यचित्र (इन्फोग्राफिक्स) को लागि विभिन्न क्षेत्रहरुबाट पुस्तकमा तथ्याङ्क

संकलन गरिएको थियो। पुस्तकमा कृषि, अर्थतन्त्र, राजनीति लगायतका कुल १९ खण्डहरु समेटिएका छन्। यस प्रकाशनले बितेको वर्षमा नेपालको प्रमुख क्षेत्रहरूको को क्षेत्रगत अवस्था र साथ–साथै

अन्तरराष्ट्रिय मामिलाको विश्लेषणात्मक चित्रण गर्ने प्रयास गरेको छ।

स्वतन्त्र निजी अनुसन्धानमूलक कम्पनीको रुपमा रहेको फ्याक्ट्सले अनुसन्धान र

विश्लेषणात्मक परियोजनाहरु सञ्चालन गर्नुको साथै आफ्नो स्थापनाकालदेखि नै

सामाजिक सञ्जाल र छापा माध्यम मार्फत् आमजनताका लागि दैनिक, साप्ताहिक र

मासिक रूपमा सूचनामूलक तथ्याङ्कीय चित्रहरू प्रस्तुत गर्ने गर्दै आएको छ।

प्रकाशित: २ चैत्र २०७३ ११:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App