coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पर्साको बागेश्वरी तित्रौनामा आगलगी, २३ घर जलेर नष्ट

वीरगन्ज– पर्साको बागेश्वरी तित्रौना गाविसमा मंगलबार भीषण आगलागी हुँदा २३ वटा घर जलेर नष्ट भएका छन्। बागेश्वरी तित्रौना–१ मा दिउँसो करिब १ बजे भएको आगलगी हुँदा सो क्षति भएको पर्सा प्रहरीले जनाएको छ। 

स्थानीय बिनोद यादवको घरमा बिहान खाना पकाएपछि बाहिर फ्याकिएको खरानी र कोइलाबाट आगो सल्केको थियो। हावाको कारण आगो अनियन्त्रित भई एकपछि अर्को गरी घरहरु जलेका थिए। 

आगलगीमा स्थानीय साहेब राउत अहिर, रुपनारायण यादव, शिवबालक राउत, संजय यादव, मनोज यादव, अशोक यादव, ध्रुव यादव, राजनारायण यादव, नरेश यादव, रामेश्वर राउत अहिर, सुरेश यादव, इगरासन यादव, प्रभु यादव, शम्भु यादव, रम्भु यादव, दरोगा यादव, चन्चन यादव, सुनिल यादवलगायतका २३ जनाको घर जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ। 

वीरगंज उपमहानगरपालिकाबाट गएका दुई वटा दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दाको प्रयासमा आगो ४ घण्टापछि साँझ ५ बजे नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले बताए। 

आगलागीबाट पीडितहरुको घरमा रहेको नगद, जिन्सी, खाद्यान्न, लत्ताकपडा पूर्ण रुपमा नष्ट भएको र निजहरुलाई हाल अस्थायी रुपमा स्थानीय विद्यालयमा राख्ने व्यवस्था मिलाइएको छ। 

बन्दको कारण पीडितहरुलाई राहत सामग्री पुर्याउन कठिनाई भए पनि नेपाल रेडक्रससहितको जिल्ला दैवीप्रकोप उद्धार समितिसँग समन्वय गरी पीडितलाई यथाशीघ्र आवश्यक राहत पु¥याउने काम भइरहेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।

 

प्रकाशित: २४ फाल्गुन २०७३ १४:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App