१५ चैत्र २०८० बिहीबार
समाज

विद्यालयमा आगलागी हुँदा लाखौंको क्षति

महोत्तरी– बर्दिवास ५ पाटु स्थित जनजागृति उच्च माध्यमिक विद्यालयमा आगलागी हुँदा लाखौं मूल्य बराबरको क्षति भएको छ। आगलागिबाट विद्यालयको कार्यालय कोठा पुर्णरुपमा जलेर खरानी भएको इलाका प्रहरी कार्यालय वर्दिवासले जनाएको छ। 

आइतबार राति करीब ८ बजेको समयमा आगलागी भएको थियो । आगलागीबाट २० लाख मूल्य वरावरको विद्यालयका महत्वपूर्ण कागजपत्र, दस्तावेज, कम्प्यूटर, फर्निचर लगायतका सरसमान जलेर नष्ट भएको छ। राति ८ बजेतिर विद्यालयमा अचानक आगो लागेको गाउँले देखेपछि स्थानीयहरु घटनास्थल पुगेका थिए। आगलागी निभाउनु स्थानीयहरु जम्मा हुनुभन्दा अगावै आगलागीबाट २ वटा कार्यालय कोठा जलेर खरानी भइसकेको स्थानीय शिव कार्कीले बताएको छ। 

आगलागी हुनुको कारण नखुले पनि विद्युत सर्ट सर्किट भएर आगालगि भएको हुन सक्ने स्थानियको अनुमान रहेको छ। 

आगलागी निभाउन वारुणयन्त्र पनि आउन नसक्दा विद्यालयको बढी क्षति हुन पुगेको थियो। स्थानीयहरुले राति १० बजेपछि मात्र आगलागी नियन्त्रणमा लिन सफल भएका थिए। 

यता विद्यालयमा आगलागी भएको घटनाले गाउँलेहरु स्तब्द्ध भएका छन्। आगलागीको घटनाले सोमबार विद्यालयमा पठनपाठन समेत सञ्चालन हुन सकेन।

यसैबीच सोमबार विहान आगलागी भएको उक्त विद्यालयमा जिल्ला शिक्षा कार्यालय महोत्तरीका जिल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहालले स्थलगत अवलोकन गरेका छन्। ‘आगलागीले विद्यालयको महत्वपुर्ण अभिलेख जलेको छ, जिशिअ दाहालले भने,‘मंलगबार देखि पठनपाठन हुन्छ,’ हामीले त्यसको व्यवस्था गरेका छौं। 

घटनाको अनुसन्धान गरी दिन प्रहरीलाई उनल आग्राह गरेका छौं।’ ‘विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने हामीले अनुमान गरेका छौं,’ इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी शालिग्राम शर्माले भने,‘घटनाको अनुसन्धान भइरहेको छ ।’ 

आगलागीका कारण क्षतिग्रस्त भएको जनजागृति उच्च माध्यमिक विद्यालय। तस्बिरः महेशकुमार दास 

प्रकाशित: २३ फाल्गुन २०७३ १३:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App