७ वैशाख २०८१ शुक्रबार
समाज

कोहलपुरमा १५ शैयाकाे नयाँ अस्पताल

कोहलपुर– कोहलपुरमा जय बागेश्वरी पोलिक्लिनिक एण्ड डाईग्नोसिष्ट सेन्टर अस्पताल स्थापना भएको छ । गरिब र ग्रामिण क्षेत्रका विरामीलाई लक्षित गर्दै पोलिक्लिनिक संचालनमा आएको हो । ६ शैया ईमरजेन्सीसहित १५ शैयाको अस्पतालबाट महिला र बालबालिका बिशषेज्ञ सेवा दिएको संचालकको दावी छ । 

ग्रामीण र दुर्गम भेगका अशक्त, जेष्ठ नागरिक, विद्यालयका विद्यार्थी, मजदुरलाई विशेष छुट दिईने संचालक धनबहादुर बुढाले बताए। अस्पतालबाट एनसियु, फिजिशेयन, मेडिकल अफिसर, गाइनो, डाइबेजिटिक, इसियो मुटु रोग, स्त्रीरोग, बालरोग विशेषज्ञबाट सेवा दिने उनले भने।

विशषेज्ञ सेवाका लागि काठमाडौंबाट शिक्षण अस्पतालबाट डाइवेटिक र गंगालाल हृदय अस्पतालबाट मुटु रोग विशषेज्ञ आउने उनले जानकारी दिए। यहाँबाट भेरी अञ्चलका विरामीलाई लक्षित गरी सेवा दिइने छ। बिरामीलाई औषिधबाहेक अन्य सुुविधामा ५० प्रतिशतसम्म छूट दिइने बताएको छ। मासिक रुपमा ग्रामीण क्षेत्रमा निःशूल्क स्वास्थ्य शिविर आयोजना गरिने जय बागेश्वरी पोलिक्लिनिक अस्पताल संचालक अध्यक्ष प्रेम घर्तीले बताए। अस्पताल स्थापना भएसँगै यसका सेवा सुविधा थप्ने कार्य तीव्र पारिएको उनले भने। 

चैत पहिलो सातादेखि नियमित सेवा सूरु हुने बताएको छ। सेवा सुविधामा गुणस्तीयता, समयमा र अरुभन्दा फरक हुने संचालकको भनाइ छ। कोहलपुर १० विद्यानगरमा स्थापित अस्पतालले सस्तो शूल्कमा सेवा दिने जानकारी दिइयो। 

 

प्रकाशित: २३ फाल्गुन २०७३ ०६:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App