coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

एकीकृत बस्ती निर्माणमा प्राधिकरणको जोड

भूकम्पपीडित बस्दै आएको दामगाडेस्थित अस्थायी शिविर अवलोकन गर्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक डा. गोविन्द पोखरेल । तस्बिर: शंकर श्रेष्ठ

धादिङ— राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक डा.गोविन्द पोखरेलले पुनर्निर्माणमा कार्यरत सबैलाई एकीकृत बस्ती निर्माणतर्फ लाग्न आग्रह गरेका छन्।

पुनर्निर्माणको कार्य जति ढिलो गर्‍यो उति नै एकीकृत बस्ती विकासको सम्भावना टर्दै जाने हुनाले छिटोभन्दा छिटो एकीकृत बस्ती निर्माणतर्फ लाग्नुपर्ने उनको भनाइ छ। ‘एकीकृत बस्ती निर्माणका लागि प्रस्ताव ल्याउनुस्, प्राधिकरणले नै त्यस्ता स्थानमा खानेपानी, सडक र विद्युत् पुर्‍याउने जिम्मा लिन्छ’, पोखरेलले भने।

‘एकीकृत बस्ती निर्माणका लागि प्रस्ताव ल्याउनुस्, प्राधिकरणले नै त्यस्ता स्थानमा खानेपानी, सडक र विद्युत् पुर्‍याउने जिम्मा लिन्छ’, पोखरेलले भने।

दैवी प्रकोप उद्धार समिति धादिङको बैठकमा आइतबार उठेका जिज्ञासा सम्बोधन गर्दै कार्यकारी निर्देशक पोखरलले एकीकृत बस्ती निर्माणको जिम्मेवारी लिन गैरसरकारी निकायलाई पनि आग्रह गरे। भूकम्पपछि पुनर्निर्माणको कार्यक्रममा केही ढिलाइ भएको स्वीकार गर्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक पोखरेलले नियत, संस्कार र क्षमतालाई ध्यान दिएर काम गर्न आग्रह गरे।

प्राधिकरणले पीडितका गुनासा छिट्टै सम्बोधन गर्ने उनले बताए। पोखरेलले भवन निर्माण कार्यविधि परिवर्तनको तयारीमा प्राधिकरण लागेको जानकारी दिए। पोखरेलले रिगाउँबाट दामगाडेमा आई अस्थायी शिविरमा बसोवास गरिरहेका भूकम्पपीडितसँग भेटघाट गरेका थिए।

उनले दाताले वचन पूरा नगर्दा भूकम्पपीडितलाई समयमै दोस्रो किस्ता वितरण गर्न नसकिएको बताए। पहिलो किस्ता बुझेर निर्माण गर्नुपर्ने आवश्यक पूर्वाधार पूरा गरेपछि दोस्रो किस्ता तत्कालै उपलब्ध गराउने भनिए पनि दाताले बोलेअनुरुप र समयमा रकम नदिएको उनले बताए। दाताकै भरमा पुनर्निर्माणको बजेट बनाउँदा केही त्रुटि भएको उनले स्वीकार गरे।

विपन्न र दुर्गम क्षेत्रका बस्तीका पीडितलाई थप रकम सहयोग गर्न उनले गैरसरकारी निकायलाई आग्रह गरे।

यसैबीच पोखरेलले जिल्ला दैविक प्रकोप उद्धार समितिद्वारा प्रकाशित ‘विनाशकारी भूकम्पः धादिङ विशेष स्मारिका’ को विमोचन गरेका छन्।    पुस्तकमा भूकम्पका अनुभव, उद्धार र पुनर्निर्माणका चरणमा भएका गतिविधि, भूकम्पसम्बन्धी चेतनामूलक सामग्री, विज्ञका लेख तथा मृतकको नामवली समेटिएका छन्।

प्रकाशित: २३ फाल्गुन २०७३ ०३:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App