१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

डलरको बन्डल खोल्दा २० का नोट!

काठमाडौं- डलर साट्ने लोभमा पर्दा दुई व्याक्ति ठगिएका छन्। तिनकुने गैह्रीगाउँ चावहिल बस्ने नवलपरासी गैंडाकोटका ३५ वर्षीय  भिमबहादुर राउतको नगद ५ लाख र सिन्धुली बर्दिबास–२ का २५ वर्षीय राजु तामाङको नगद १ लाख ५० हजार रुपैयाँ डलरको लोभमा पर्दा ठगिएको हो।

१० दिन अगाडि चावहिल मित्रपार्कमा भेट भएका अपरिचित २ जनाले अमेरिकी डलरसँग उक्त रकम साटिदिन्छौं भन्दै २० रुपैयाँको नेपाली नोटको बण्डलमा अगाडि पछाडी ५०/५० दरका अमेरिकी डलर राखी बण्डलमा २२ हजार अमेरिकी डलर छ भनि नगद ठगी गरी फरार भएको प्रहरीले जनाएको छ।

ठगी गर्ने व्यक्तिहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २१ फाल्गुन २०७३ १२:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App