८ वैशाख २०८१ शनिबार
समाज

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

रौतहट- रौतहटमा शनिवार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ। गौर–चन्द्रनिगाहपुर सड्क खण्ड अन्तर्गतको पिपरा भगवानपुर चोकमा शनिवार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा गरुडा नगरपालिका वडा नम्बर १ का १७ बर्षिय धिरेन्द्र रौनियारको घटनास्थलमै ज्यान गएको हो।

गरुडाबाट गौर तर्फ जादै गरेका बा४२प ३९०९ नम्बरको तिब्र गतिमा गुडिरहेको मोटरसाइकल अचानक अनियन्त्रित भएर विजुलीको पोलमा ठोकिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक अशोक झाले बताए।

मोटरसाइकलमा सवार अर्का गरुडा नपा २ का रबीन्द्र दास गम्भीर घाईतेको जिल्ला अस्पताल गौरमा उपचार भइरहेको छ। मृतकको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा राखिएको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २१ फाल्गुन २०७३ १२:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App