६ वैशाख २०८१ बिहीबार
समाज

पत्रकार महासंघ महोत्तरीका नवनिर्वाचित पदाधिकारीलाई पदहस्तान्तरण

महोत्तरी– नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको १० औं जिल्ला अधिवेशनबाट निर्वाचित भएका पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गर्नुका साथै पद हस्तान्तरण गरिएको छ । 

मंगलबार सदरमुकाम जलेश्वरस्थित महासंघको आफनै भवनमा सम्पन्न भएको जिल्ला अधिवेशन कमलेश मण्डल नेतृत्वको पाईनल निर्वाचित भएको थियो। नवनिर्वाचित महासंघका पदाधिकारीहरुलाई पत्रकार महासंघका निर्वतमान अध्यक्ष ईश्वरी पौडेलले एक कार्यक्रमको आयोजना गरि प्रमाण पत्र वितरण गर्नुका साथै पद हस्तान्तरण गरेका थिए  । 

कार्यक्रममा महासंघका नवनिर्वाचित अध्यक्ष मण्डल , उपाध्यक्ष नागेन्द्र कुमार कर्ण , महिला उपाध्यक्ष खुश्वु झा , सचिव महेशकुमार दास , सहसचवि रामनारायण महतो र महिला सहसचवि सुनिताकुमारीलाई निवर्तमान अध्यक्ष पौडेलले प्रमाणपत्र वितरण गर्नुका साथै फुलमाला लगाई स्वागत गरेका थिए  । 

यसैगरी कार्य समिति सदस्य मेनुका श्रेष्ठ, सजित मण्डल, घनश्याम भगत, नविनकुमार नवल, केन्द्रीय पार्षद हरिप्रसाद मण्डल गोपाल बरालले, विवेका नन्द झा, केन्द्रीय सभासद्मा हेमकुमारी बराल, प्रादेशिक पार्षद रविन्द्र उप्रेती, धिरेन्द्र राय, ईश्वरी पौडेल, वैद्यनाथ चौधरी र अनिता खनाललाई पनि प्रमाण पत्र प्रदान गर्नुका साथै फुल माला लगाई स्वागत गरिएको थियो। 

पदहस्तान्तरण तथा प्रमाणपत्र वितरण कार्यक्रममा पुर्व अध्यक्ष , वरिष्ठपत्रकार तथा निकटतम प्रतिद्वन्द्वी पत्रकारहरुले अगामी कार्यकालको सफलताको शुभकामना दिनुका साथै तिन वर्षे कार्यकाललाई सफल तुल्याउन योजनावद्ध ढंगले अगाडी वढन सुझाव दिएका थिए। 

महासंघको भौतिक संरचना , पत्रकारहरुको दक्षता वृद्धि र नया संचारकर्मी उत्पदानमा नया कार्य समितिले आवश्यक पहल गर्नु पर्ने सुझाव कार्यक्रमका वक्ताहरुले दिएका थिए । 

अध्यक्ष उपाध्यक्ष सचिव कोषाध्यक्ष र तिन जना केन्द्रिय सभासद गरि कुल ७ पदका चुनावी प्रक्रियामा जाँदा महासंघ संघ आवद्ध ३८ जना सदस्य मध्यक्ष ३६ जना पत्रकारले मतदान गरेका थिए । 

प्रकाशित: २१ फाल्गुन २०७३ ०९:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App