१५ चैत्र २०८० बिहीबार
समाज

राष्ट्रिय आयुर्वेद प्रतिष्ठान ऐन बनाउन सुझाब

काठमाडौं–सरकारले आयुर्वेद चिकित्सा क्षेत्र भएका समस्या पहिचान गरी नीतिगत व्यवस्थापन गर्ने विषयमा सुझाब दिन गठन भएको कार्यदलले राष्ट्रिय आयुर्वेद प्रतिष्ठान ऐन बनाउन सुझाब दिएको छ।

प्रा.डा.चन्द्रराज सापकोटाको संयोजकत्वमा सरकारले गठन गरेको कार्यदलले बिहीवार स्वास्थ्य मन्त्री गगन थापालाई ‘राष्ट्रिय आयुर्वेद तथा पूरक चिकित्सा नीति–२०७३’को प्रतिवेदनको मस्यौदा बुझाउँदै यस्तो सुझाब दिएको हो।

प्रा.डा.चन्द्रराज सापकोटाको संयोजकत्वमा सरकारले गठन गरेको कार्यदलले बिहीवार स्वास्थ्य मन्त्री गगन थापालाई ‘राष्ट्रिय आयुर्वेद तथा पूरक चिकित्सा नीति–२०७३’को प्रतिवेदनको मस्यौदा बुझाउँदै यस्तो सुझाब दिएको हो।

दक्ष जनशक्तिको आवश्यकता पूरा गर्न राष्ट्रिय आयुर्वेद प्रतिष्ठान गठन गर्न, औषधि व्यवस्थापन विभागमा आयुर्वेद तथा पूरक चिकित्साका औषधि महाशाखा गठन गर्न, उच्चस्तरीय जडीबुुटी समिति गठन गर्न, आयुर्वेद स्वास्थ्य केन्द्रको  स्तरोन्नती गर्न सुझाब दिएको समितिका सदस्य–सचिव डा.शंकर गौतमले बताए।

प्रतिवेदन बुझ्दै स्वाथ्यमन्त्री थापाले आयुर्वेदलाई सरकारले प्राथमिकतामा राखेको बताउँदै जडिबुटीको उपयोग गर्न उच्चस्तरीय बैठक आयोजना गर्ने प्रतिवद्धता जनाए।

समितिले १९ नीति  अबलम्बन गर्न समेत सुझाब दिएको छ । आधारभूत आयुर्वेद तथा पूरक चिकित्सा सेवालाई मौलिक हकका रुपमा राख्दै गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँच वृद्धि गर्नुपर्ने, गुणस्तरीय अनुसन्धानलाई प्रवद्र्धन गर्नुपर्ने, पोषण, वातावरणीय स्वास्थ्य तथा स्वस्थ जीवनशैलीमा आयुर्वेद तथा पूरक चिकित्सालाई उपयोग गर्नुपर्ने लगायतका सुझाब रहेका छन्।

 

प्रकाशित: २० फाल्गुन २०७३ १३:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App