८ वैशाख २०८१ शनिबार
समाज

नेविसंघ नेतृकाे शव झुण्डिएकाे अवश्थामा फेला

पोखरा– स्याङजाको फेँदीखोलास्थित सिद्धार्थ क्याम्पसमा नेवीसंघको तर्फबाट सभापतिको उम्मेद्वार बनेकी २० वर्षीया रीमा क्षेत्रीको शव भेटिएको छ।

विहीबार बिहान दशबजेतिर घरमै झुन्डिएको अवस्थामा क्षेत्रीको शव भेटिएको स्याङजाका प्रहरी प्रमुख एसपी देवबहादुर बोगटीले बताए ।

‘झुन्डिएको अवस्थामा घरमै शव फेला परेको छ। आत्महत्या हो वा होइन भन्ने हामीले अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘पोष्टमर्टम रिपोर्टपछि यकिन हुन्छ।’ क्षेत्री स्नातक तहमा अध्ययनरत थिइन्।

उनका अनुसार क्षेत्रीले लगाएकाे कपडाकाे खल्तीमा ‘बाच्ने रहर हराएपछि’ भन्ने शब्द लेखिएको नोट फेला परेको छ। प्रहरीले त्यो नोट क्षेत्रीकै हो वा अरु कसैले लेखिदिएको भनेर अनुसन्धान गरिरहेको बताए।

‘रीमाका नोटकपि लगेर उनकै अक्षर हो वा अरुको भनेर अनुसन्धान गर्छौं,’ उनले भने।

बिहीबार भएकाे स्ववियु निर्वाचनमा उनी पराजित भएकी थिइन्। 

प्रकाशित: १९ फाल्गुन २०७३ ११:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App