१५ चैत्र २०८० बिहीबार
समाज

बिजुली सर्ट भएर आगलागी हुँदा एकको मृत्यु

चितवन–    भरतपुरमा बिजुली सर्ट भएर आगलागी हुँदा बुधबार एकजनाको मृत्यु भएको छ। 

चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुर उपमहानगरपालिका वडा नं. ११ अमन चोकका नरबहादुर कुमालको घरमा विजुलीको तार सर्ट भएर आगलागी हुँदा वीरबहादुर कुमालको ज्यान गएको हो। ब्लकको गाह्रो र जस्ताको छानो रहेको सो घर आगलागीबाट जलेर पुरै नष्ट भएको छ।

मृतक वीरबहादुर सो घरमा भाडामा बस्दै आएका थिए। ५० वर्षीय वीरबहादुरको घटना स्थलमै ज्यान गएको चितवन प्रहरीले जानकारी दिएको छ। मध्यन्ह साढे १२ बजे भएको सो आगलागीबाट डेढ लाख रुपैयाँ बराबरको धनमाल पनि जलेको प्रहरीको भानइ छ। 

त्यस्तै, बुधबार दिउँसो रत्ननगरमा पनि आगलागी भएको छ। चितवन प्रहरीका अनुसार रत्ननगर नगरपालिका वडा नं. १८ का दीपक र नारायण भट्टराईको घरमा रहेको परालको टौवामा आगो लगोको थियो। 

दिउँसो दुई बजे लागेको सो आगो पौने चार बजे मात्रै पूर्ण नियन्त्रणमा आएको थियो। आगलागीबाट दुई लाख रुपैयाँ बराबरको पराल जलेर नष्ट भएकोे प्रहरीको भनाइ छ। 

प्रकाशित: १८ फाल्गुन २०७३ १२:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App