coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पत्रकार महासंघ महोत्तरीमा कमलेश मण्डलको प्यानल विजयी

महोत्तरी– नेपाल पत्रकार महासंघ महोत्तरी शाखामा कमलेश मण्डल नेतृत्वको प्यानल विजयी भएको छ। मंगलबार सदरमुकाम जलेश्वरस्थित महासंघ भवनमा सम्पन्न जिल्ला अधिवेशनबाट मण्डल नेतृत्वको सम्पूर्ण प्यानल नै विजयी भएको निर्वाचन अधिकृत कुँवरकान्त झाले बताए। 
 
अध्यक्ष मण्डलले २८ मत प्राप्त गरेर विजयी भएको निर्वाचन अधिकृत झाले बताए। उनको निकटतम प्रतिद्वन्द्वी राकेशप्रसाद चौधरीले ८ मत प्राप्त गरेका थिए। 

यसैगरी उपाध्यक्षमा नागेन्द्रकुमार कर्णले २८ मत, कोषाध्यक्षमा अजय सिंहले २८ मत र सचिवमा महेशकुमार दासले २६ मत ल्याई विजयी भएको निर्वाचन अधिकृत झाले बताए। उपाध्यक्षमा निकटतम प्रतिद्वन्द्वी विक्रम रौनियारले ८ मत, कोषाध्यक्षमा राजिव राय कुर्मीले ८ मत र सचिवमा रंजन भण्डारीले १० मत प्राप्त गरेका थिए। 

महिला उपाध्यक्षमा खुश्वु झा, सहसचिवमा  रामनारायण महतो, महिला सहसचिवमा सुनिता कुमारी निर्विरोध निर्वाचित भएका छन्।
 
यसैगरि कार्य समिति सदस्यहरुमा मेनुका श्रेष्ठ, सजित मण्डल, घनश्याम भगत, नविनकुमार नवल निर्विरोध निर्वाचित भएका छन्।  

केन्द्रीय सभासदमा हरिप्रसाद मण्डलले सर्वाधिक २९ मत प्राप्त गरेका थिए भने गोपाल वरालले २६ मत र विवेका नन्द झाले २५ मत ल्याएर विजय भएका थिए। केन्द्रीय सभासदमा महिलातर्फ हेमकुमारी बराल निर्विरोध निर्वाचित भएका छन्। 
 
प्रादेशिक सभासदमा रविन्द्र उप्रेती, धिरेन्द्र राय, ईश्वरी पौडेल, वैद्यनाथ चौधरी र अनिता खनाल निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत झाले बताएका छन्। 

अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र तीन जना केन्द्रीय सभासद् गरी कुल ७ पदका चुनावी प्रक्रियामा जाँदा महासंघसंघ आवद्ध ३८ जना सदस्य मध्यक्ष ३६ जना पत्रकारले मतदान गरेका थिए। अधिवेशनमा २ जना सदस्य अनुपस्थित भएको निर्वाचन समितिले जनाएको छ।   

नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको जिल्ला अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरुलाई शुक्रबार पदहस्तान्तरन र प्रमाण पत्र वितरण कार्य हुने निर्वतमान अध्यक्ष ईश्वरी पौडेलले बताएको छ। 
 

प्रकाशित: १८ फाल्गुन २०७३ १२:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App