महानगर प्रमुख बालेन शाहले काठमाडौँवासीका लागि महत्वपूर्ण घोषणा गरेका छन्। शनिबार बिहान सामाजिक संजालमा एक पोष्ट राख्दै उनले काठमाडौँवासीका लागि २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका हुन्।
एम्बुलेन्सको तस्बिर सेयर गर्दै उनले भनेका छन्, ‘काठमाडौँभरि २४ घण्टा नै १०२ मा कल गरेर निःशुल्क सेवा लिन सक्नुहुन्छ। यो सुविधा प्रयोग गरे बापत कुनै शुल्क तिर्नपर्ने छैन।’
प्रकाशित: ३० वैशाख २०८० ०५:३२ शनिबार