coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ग्यास सिलिन्डर विस्फोट भएर एक जनाको मृत्यु, पाँच घाइते

इटहरी– बेलुनमा ग्यास भर्ने क्रममा सानाे ग्यास सिलिन्डर पड्किएर शुक्रबार सुनसरी सिमरियामा १ जनाकाे मृत्यु भएको छ। पाँच जना घाइते छन्। बिहान साढे ११ बजेतिर भएको घटनामा परी घाइते भएकामध्ये मोरङ कटहरी घर भएका सोमराज माझीको मृत्यु भएको हो।

बेलुनमा ग्यास भर्ने क्रममा सिलिन्डर पड्किएर घाइते भएका मध्ये सिकिस्त माझीको नोबेल अस्पताल विराटनगरमा उपचार सम्भव नभएपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो।   

महाशिवरात्रीको अवसरमा सिमरिया वडा नं. ९ चरैयाको शिव मन्दिरमा लागेको मेलामा आएका तीर्थयात्री बेलुनमा ग्यास भर्ने क्रममा सिलिन्डर पड्किएर घाइते भएका थिए। घाइतेमध्ये मोरङ सुन्दरदुलारीकी ३२ वर्षीया तारा मण्डललाई नोवेल अस्पतालले डिस्चार्ज गरेपछि घर फर्किएकी छन्।

अर्का घाइते सुनसरीकै गुडु यादवको नोबेलमै उपचार भइरहेको छ। उनको पेटको अप्रेसन भइरहेको छ। यादवको अवस्था सिकिस्त रहेको इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक शैलेश न्यौपानेले बताए।  

उनका अनुसार, अन्य चार जना घाइते भने स्थानीय स्वास्थ्य केन्द्रमा उपचार गरेर घर फर्किसकेका छन्।

 

 

प्रकाशित: १३ फाल्गुन २०७३ १०:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App