७ वैशाख २०८१ शुक्रबार
समाज

लागूऔषधसहित तीन जना पक्राउ

म्याग्दी, १३ फागुन । लागुऔषधसहित प्रहरीले म्याग्दीको सदरमुकाम बेनीस्थित बसपार्कबाट तीन जनालाई पक्राउ गरेकाे छ।  

पक्राउ पर्नेमा रुपन्देही खैरेनी– ४ का १८ वर्षीय अजय सेन्चुरी, २० वर्षीय राजु राना र पोखरा उप महानगरपालिका– १५ का २१ वर्षीय सोनम घताने रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक वसुन्धरा खड्काले जानकारी दिए।  

प्राप्त सूचनाका आधारमा प्रहरी सहायक निरीक्षक धनबहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरीले लागुऔषध डाइजेपाम, फेनोरागन र टाइजेसिक सात/सात गरी २१ एम्पुल तथा पाँच मिलिको निडिल सिरिङ्ज– ३ थान र नगद ६ हजारसहित उनीहरुलाई पक्राउ गरिएको हो।

उनीहरुका साथबाट अपराधजन्य गतिविधिमा प्रयोग भएका तीन थान मोबाइलसमेत फेला पारेको प्रहरीले जनाएको छ। रासस 

प्रकाशित: १३ फाल्गुन २०७३ ०७:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App