७ वैशाख २०८१ शुक्रबार
समाज

डाइर्भसन गरि बिपी राजमार्ग सुचारु

सिन्धुली- गत आइतबार राती ११ बजे सुनकोसीमा बिपी राजमार्ग खसेपछी अरुद्ध सडक मंगलबार बिहानैबाट सुचारु भएको छ। राजमार्गलाई पुरानै ट्रयाक सडकबाट डाइर्भसन गरेपछि सवारी आवातजावत सुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी उमाशंकर पञ्जियारले बताए।

गत २०७२ साल बैशाखमा गएको भूकम्पले क्षति पुर्‍याएको सडकको समयमै मर्मत सम्भारमा ध्यान नदिँदा आइतबार राती सित्तलापर्टीस्थित त्रिबेणीको नेपानटार नजिककैको डाँडाबाट राजमार्ग ३७ किलोमिटर तल सुनकोसीमा खसेको थियो। राजमार्ग सुनकोसीमा खसेपछि अलपत्र अवस्थामा रहेको सवारी तथा यात्रुहरु मंगलबारबाट गतव्यतर्फ लागेका हुन्। सोमबार रातीबाटै सडक खुलाइएपनि रात्रिको समयमा बिपी राजमार्गमा गाडी नचल्ने भएकाले मंगलबार बिहानबाट सवारी आवतजावत भएको हो। बिपी राजमार्ग सुनकोसीमा झरेर आगमन ठप्प भएपछि प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले सुरक्षा निकायसहित सडक कार्यालयलाई राजमार्ग खुलाउन तत्काल पहल गरेपछि सोमबार रातीबाटै राजमार्ग खुलेको थियो। सुरुमा एकतर्फि गाडी सञ्चालन हुने गरि खुलाइएको राजमार्गमा फराकिलो पार्ने काम पनि भएको प्रहरीले जनाएको छ ।

भत्किएको राजमार्ग बनाउन केहि समय लाग्ने भएपछि अब झन्डै १ किलोमिटर ट्याक सडकबाटै अब सवारी आवातजावत गर्नुपर्ने छ । ट्याक सडकमा अत्याधिक धुलो हुने हुँदा साना माइक्रो बस र साना गाडीलाई केहि समस्या हुने स्थानिय नविन पौडेल बताउँछन्।  आइतबार राती एक्कासी ठूलो आवाजमा सडक सुनकोसीमा खसेको उनले बताए । नेपाली काँग्रेसका गाँउ इकाई सभापति समेत रहेका पौडेलले भने, राती २० मिटर जति मात्र राजमार्ग सुनकोसीमा खसेको थियो तर पछि बढ्दै गएर झन्डै पचास मिटर सडक सुनकोसीमा खसेको हो । दैनिक अत्याधिक भार भएका गाडी गुड्ने क्रम बढेसँगै यस राजमार्गको विभिन्न स्थान जोखिमपुर्ण बन्दै गएको छ ।  रुट परमिटबिनै स्थानिय प्रशासनको अनुमतीमा यस राजमार्गमा ६ चक्के ट्रक समेत सञ्चालन हुदै आएको छ यो सँगै दैनिक झन्डै पन्ध्रसय सवारी यो राजमार्गमा सञ्चालन हुदै आएको प्रहरीको भनाई छ।

प्रकाशित: १० फाल्गुन २०७३ ११:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App