५ वैशाख २०८१ बुधबार
समाज

चुनाव सुरक्षा योजनामा जुट्यो प्रहरी

काठमाडौं- स्थानीय तह निर्वाचन मिति घोषणा गर्ने सरकारी तयारीसँगै प्रहरी प्रधान कार्यालयले पनि सुरक्षाका लागि आधारभूत तथ्यांक संकलन गर्न थालेको छ। प्रधान कार्यालयले शुक्रबार पाँचै क्षेत्रमा रहेका क्षेत्रीय प्रहरी कार्यालयलाई परिपत्र गर्दै पछिल्लो संविधानसभा निर्वाचनको सुरक्षा योजना चाँडै उपलब्ध गराउन भनेको हो। प्रधान कार्यालय दोस्रो संविधानसभा निर्वाचन सुरक्षा योजनालाई आधार बनाएर केन्द्रीकृत सुरक्षा योजना बनाउने तयारीमा जुटेको छ।

प्रहरी उच्च स्रोतका अनुसार सरकारले चुनाव मिति घोषणा तयारी गरेसँगै प्रहरीले पनि देशभर रहेका आफ्ना इकाइको अवस्था, आवश्यक बन्दोबस्ती र सुरक्षा सामग्रीको लगत र सवारीसाधन तथा उपकरणको अवस्था विषयमा समेत तथ्यांक संकलन गरिरहेको छ।

'पछिल्लो निर्वाचनलाई आधार बनाएर केन्द्रले योजना बनाउने तयारी थालेको हो, चुनाव मिति र मतदान केन्द्र तोकिनुअघि हाम्रो अवस्थाका विषयमा तथ्यांक संकलनका लागि परिपत्र भएको हो,' प्रहरी प्रधान कार्यालयका एक नायब महानिरीक्षकले भने।

प्रकाशित: ८ फाल्गुन २०७३ ०२:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App