coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भैरहवामा ‘नेपाल फोटो प्रर्दशनी’ सुरु

भैरहवा–  ‘नेपाल फोटो प्रदर्शनी यात्रा’ भैरहवामा बिहीबारबाट सुरु भएको छ। फोटो पत्रकार क्लब (पिजे क्लब)ले आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता २०७३ मा छानिएका उत्कृष्ठ तस्बिरहरुको प्रदर्शनी भैरहवामा सुरु गरेको हो। 

भैरहवामा जारी  राष्ट्रिय पर्यटन प्रबद्र्धन, कृषि तथा औद्योगिक ब्यापार मेला स्थलमा फोटो पत्रकार क्लब, नेपाल काठमाडौंको आयोजना एबं सिद्धार्थ होटल एशोसियसन (सान) र रुपन्देही क्रिकेट संघको  सहयोगमा सुरु भएको  फोटो प्रर्दशनी आइतबार सम्म चार दिन चल्नेछ। 

फोटो प्रदर्शनीमा घुमफिर कल्चर एन्ड टुरिजम, नेपाल टेलिकम वाइल्ड लाइफ एन्ड नेचर, आइएमएस डेली लाइफ, अर्घाखाची सिमेन्ट न्यूज फोटो, शिखर इन्स्योरेन्स नेपाल स्माइल, मोडल ग्लोबल भिसा कन्सलटेन्सी स्पोर्टस र आरजे एडभेन्चर फोटो स्टोरी गरी सात विधाका उकृष्ट १२० फोटोहरु प्रर्दशनीमा रहेको फोटो पत्रकार क्लब नेपालका अध्यक्ष विकाश कार्किले बताए। 

प्रदर्शनीमा रहेका फोटोहरु आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता २०७३ मा करिब १ हजार जना फोटो पत्रकार तथा स्वतन्त्र फोटो ग्राफर प्राप्त करिब ८ हजार तस्बिरहरुबाट छानिएका उत्कृष्ट १२० वटा फोटोहरु समावेश छन्।

फोटोपत्रकारले गरेको यस्तो किसिमको  प्रर्दशनीले  समाजमा रहेका बिभिन्न बिषयलाई क्यामेरामा कैद  गर्दै जनमानसमा ल्याउने भएकाले यसको बिशेष महत्व रहने स्थानिय आयोजक तथा सिद्धार्थ होटल एशोसियसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ(सिपी)ले बताए। श्रेष्ठले फोटो प्रदर्शनी उत्कृष्ट र जीवन्त रहेको जनाए। 

फोटोपत्रकार क्लबले सुरु गरेको प्रदर्शनीले नेपाल र नेपालकको पर्यटकीय गतन्बका बारे चिनाउन निकै उपयोगी हुने बताउँदै सबैले एक पटक हेनै पर्ने रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त बिक्रम मल्लले बताए। भूकम्प जस्तो दुखद घटनाका जीवन्त तस्बिरहरु प्रदर्शनीमा रहेको र यस्ले दर्शकको मन छोएको मल्लले बताए। 

यस्तै किसिमको फोटो प्रर्दशनी यसअघि काठमाडौं र एक साता अघि चितवनको सौराहमासम्पन्न भैसकेको  छ भने यसपछि नेपालगञ्ज, धनगढी, विराटनगर र पोखरामा प्रर्दशनी गरिने भएकाे छ।  देशको राजनैतिक, आर्थिक , सामाजिक, पर्यटन तथा अन्य क्षेत्रको तस्बिरहरु समेटिएकाले नेपालको बारेमा बुझ्न फोटो प्रर्दशनी फलदायी हुने अपेक्षा गरेको क्लबलका प्रवक्ता एवं उपाध्यक्ष दीपक गाँउलेले बताए। 

 

प्रकाशित: ६ फाल्गुन २०७३ ०९:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App