३१ श्रावण २०७७ शनिबार
समाज

१३ हजार युरो सहित विमानस्थलबाट युवक पक्राउ

काठमाडौं—विदेशी मुद्रा १३ हजार १८० युरोसहित प्रहरीले एक युवकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ। 

कतार एयरवेजको उडानबाट काठमाडौँ – दोहा हुँदै जर्मन जान लागेका चन्द्रागिरि नगरपालिकाका सुरजकुमार राईलाई मङ्गलबार विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो। 

राईले आफ्नो हाते झोलामा किताबभित्र लुकाइछिपाइ लैजान लागेको अवस्थामा जाँचका लागि एक्सरे गर्ने क्रममा उक्त मुद्रा फेला परेको प्रहरीले जनाएको छ। रासस 

प्रकाशित: ४ फाल्गुन २०७३ १६:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App