१५ चैत्र २०८० बिहीबार
समाज

अपरहण मुद्दामा ६ वर्ष कैद सुनाइएका फरार अभियुक्त पक्राउ

अपहरण तथा शरीर बन्धकमा दाेषी प्रमाणित अशोक ढुंगेल

काठमाडौं– अपहरण तथा शरीर बन्धक मुद्दामा अदालतद्वारा ६ वर्षको कैद सजाय सुनाइएपछि फरार रहेका एक दोषीलाई प्रहरीले पक्राउ गरेको छ।

कन्द्रीय अनुसन्धान व्युरो काठमाडौंको टोलीले नुवाकोटको फिकुरी गाविस–९ घर भई काठमाडौंको तारकेश्वर–१९ मा बस्दै आएका २९ वर्षीय अशोक ढुंगेललाई प्रहरीले पक्राउ गरेको हो।  

मनमैजु काठमाडौंबाट पक्राउ गरी केन्द्रीय कारागार सुन्धारामा पठाइएका उनमाथि जग्गा प्लटिङको काम गर्ने नविन कुमार नेपालसँग १० लाख रुपैयाँ फिरौती माग गरेको र नदिए अपहरण गरी गोलीहानी मार्ने धम्की दिएको को उनले बताएको प्रहरीले जनाएको छ।

उक्त कार्यमा संलग्न ढुंगेलका साथी अमर लामाको साथबाट प्रहरीले १० लाख रुपैयाँ र डोजरको चाबीहरु, धम्की दिन प्रयोग गरिएका मोबाइल सिमहरुसहित बरामद गरेको थियो।  
 

प्रकाशित: ३ फाल्गुन २०७३ १०:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App