१६ चैत्र २०८० शुक्रबार
समाज

पत्रकार महासंघको सदस्यता वितरण समावेशी बनाउन माग

काठमाडौं- समावेशी सञ्चार अभियानले नेपाल पत्रकार महासंघको नयाँ सदस्यता वितरणमा विभेद भएको जनाउँदै समावेशी बनाउन माग गरेको छ। अभियानमा आबद्ध आठवटा पत्रकार संगठनले सोमबार संयुक्त विज्ञप्तिमार्फत नयाँ सदस्यता वितरणमा महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, अपांगता भएका पत्रकारलाई विभेद भएको जनाउँदै महासंघको ध्यानाकर्षण गराएको हो।

'पत्रकार महासंघजस्तो साझा छाता संगठनको सदस्यता वितरण प्रक्रियामा समेत महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, अपांगता भएका पत्रकारलाई विभेद गरेको पाइएको हुँदा यसमा हाम्रो आपत्ति छ। यस्ता विभेद अन्त्य गरी पत्रकारलाई सदस्यता प्राप्ति गर्नबाट वञ्चित नगर्न माग गर्दछौं,' विज्ञप्तिमा उल्लेख छ।

अब हुने जिल्ला र केन्› (संघीय) अधिवेशनमा पदाधिकारी चयन, केन्द्रीय (संघीय) पार्षद् चयन प्रक्रियामासंविधान, नेपाल पत्रकार महासंघको विधानले प्रत्याभूत गरेका अधिकार कार्यान्वयन गर्दै पूर्ण समावेशी सिद्धान्त अंगीकार गर्न अभियानले माग गरेको छ।

अभियानमा जागरण मिडिया सेन्टर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, क्रियाशील महिला पत्रकार संघ,  सञ्चारिका समूह नेपाल, मधेसी पत्रकार समाज, राष्ट्रिय अपांग पत्रकार संघ नेपाल, मधेसी पत्रकार संघ र मुस्लिम पत्रकार संघ आबद्ध छन्।

प्रकाशित: ३ फाल्गुन २०७३ ०२:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App