coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

इन्टरपोल सहयोगमा साउदी अरबमा पक्राउ परे नेपाली सेनाका पूर्व जवान

काठमाडौं— अठार वर्षअघि कास्कीमा भएको हत्या प्रकरणका एक दोषीलाई  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले इन्टरपोलको सहयोगमा साउदी अरबबाट पक्राउ गरेको छ। नेपाली सेनाका तत्कालीन जवान नारायण अधिकारीले कास्की सिद्ध-७ निवासी शिव थापालाई २०५५ कार्तिक ११ गते हत्या गरेर फरार भएका थिए।

ब्यूरोको अनुसन्धानले नारायण अधिकारी, तत्काल नेपाली सेनामा कार्यरत नारायण बहादुर अधिकारी र वैदेशिक रोजगारको लागि साउदी अरब गएका जीवन बहादुर अधिकारी एकै ब्यक्ति भएको प्रमाणित गरेको थियो।

अदालतबाट दोषी ठहर भएका उनलाई नेपाल प्रहरीले रेड कर्नर नोटिस जारी खोजी गरिरहेको थियो।

२०५७ वैशाख १९ गते कास्की जिल्ला अदालतले सिद्ध गाविस स्थायी ठेगाना भई सिंहनाथ गण चारआली ब्यारेकमा कार्यरत सिपाही अधिकारीलाई सर्वश्व सहित जन्मकैदको फैसला सुनाएको थियो। ब्यूरोको अनुसन्धानले नारायण अधिकारी, तत्काल नेपाली सेनामा कार्यरत नारायण बहादुर अधिकारी र वैदेशिक रोजगारको लागि साउदी अरब गएका जीवन बहादुर अधिकारी एकै ब्यक्ति भएको प्रमाणित गरेको थियो। सोही फैसलाअनुसार पक्राउ पूर्जी जारी भएकोमा सिआइबीले अधिकारीलाई  साउदी अरबबाट पक्राउ गरी माघ २९ गते नेपाल ल्याएको थियो।

अधिकारीले श्रीमती जिस्काउनेलाई हत्या गरेका थिए

२०५५ साल कार्तिक ११ गते जिल्ला कास्की सिद्ध गाबिस वडा नं. ७ बस्ने शिबराज थापा सुयलले गाँऊ नजिकैको वनमा घाँस दाउरा लिन गएको वेला नारायण अधिकारीकी श्रीमती इन्दिरा अधिकारीलाई अभद्र ब्यबहार गरेका थिए। श्री सिंहनाथ गण, चारआली ब्यारेक झापाका  सिपाही अधिकारीलाई श्रीमतीले फोन गरेर सो कुराको जानकारी दिएकी थिइन्।

२०५५ कार्तिक १२ गते घर आएका बेला कार्तिक १५ गते बिहान बिद्री खोला भन्ने ठाउँमा शिबराज थापा सुयलसँग भेट भएको थियो। त्यति बेला दुई पक्षबीच विवाद हुँदा अधिकारीले खुर्पा प्रहार गरी शिबराज थापा सुयलको हत्या गरेका थिए। अधिकारीले लुगामा लागेको रगत खोलामा पखाली ब्यारेकमा हाजिर भएको अनुसन्धानबाट खुलेको थियो।

त्यसपछि उनलाई सेनाको हिरासतमा राखिएको थियो।  २०५६ फागुन २७ गते राती सेनाको हिरासतबाट उनी भागेका थिए। त्यसपछि नाम परिवर्तन गरी जीवनबहादुर अधिकारीको नाममा कास्की जिल्ला प्रशासन कार्यालयबाट २०६८ असार १४ गते नागरिकताको प्रमाण-पत्र निकालेका थिए। राहदानी विभाग काठमाडौंबाट मिति २०६८ असार ३१ गते राहदानी प्राप्त गरी २०७० जेठ ११ गते वैदेशिक रोजगारीको लागि साउदी अरब गएका थिए।

अर्को नामबाट नागरिकता तथा राहदानी निकालेको अनुसन्धानबाट पुष्टि भएपछि अधिकारीको नाउँमा इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरिएको थियो। साउदी अरब प्रहरीले पक्राउ गरेका उनलाई माघ २९ गते साउदीबाट नेपाल ल्याएर फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको थियो। कैद भुक्तानका लागि उनलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको सिआइबीले जनाएको छ।

प्रकाशित: १ फाल्गुन २०७३ ०९:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App