२५ श्रावण २०७७ आइतबार
समाज

इन्भेष्टमेन्ट बैंकबाट २३ लाख रुपैयाँ गायब

धनगढी— नेपाल इन्भेष्टमेन्ट बैंकको धनगढी शाखाबाट रु २३ लाख गायब भएको उजुरी जिल्ला प्रहरी कार्यालय कैलालीमा परेको छ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्दले कर्मचारीका तर्फबाट उक्त बैंकको रु २३ लाख गायब भएको भन्ने ठाडो उजुरी परेकाले आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी दिए।

कुन प्रयोजनको रकम कसरी कहिले गायब भयो, भन्ने विषयमा प्रहरीले अनुसन्धान गर्ने उनले जनाए। यद्यपि बैंकको एटिएममा राख्नका लागि जम्मा गरिएको रकम गायब भएको आशङ्का गरिएको छ।

बैंकका कर्मचारीले भने यो विषयमा बोल्न नमिल्ने प्रतिक्रिया दिएका छन् । रासस

 

प्रकाशित: १ फाल्गुन २०७३ १२:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App