८ वैशाख २०८१ शनिबार
समाज

पत्रकार महासंघका पाँच पूर्व अध्यक्षहरु सम्मानित

अर्थमन्त्री कृष्णबहादुर महराबाट सम्मान ग्रहण गर्दै नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झा । तस्बिरः शंकर श्रेष्ठ

धादिङ– नेपाल पत्रकार महासंघका पाँचजना पूर्व अध्यक्षहरु एकै मञ्चमा सम्मानित भएका छन् । अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता र पत्रकार महासंघको संस्थागत विकासका लागि योगदान गर्ने पूर्व अध्यक्षहरु मध्ये पाँच जना बुधबार धादिङबेसीमा सम्मानित भएका हुन् ।

सम्मानित हुनेमा हरिहर विरही, डा.सुरेश आचार्य, तारानाथ दाहाल, किशोर नेपाल र धर्मेन्द्र झा रहेका छन् । उनीहरुलाई नेपाल पत्रकार महासंघ मध्यामाञ्चल विकास समितिले सम्मान गरेको हो । बुधबार धादिङबेसीमा आयोजना गरिएको मध्यमाञ्चल क्षेत्रिय भेला तथा सम्मान कार्यक्रममा नेपाल सरकारका उपप्रधान एवं् अर्थमन्त्री कृष्णबहादुर महराले सम्मान प्रदान गरे । सम्मानित भएका पाँचैजना मध्यमाञ्चल विकास क्षेत्रबाट महासंघको केन्द्रिय अध्यक्ष भएका हुन् ।

मध्यमाञ्चालका पत्रकार महासंघ जिल्ला शाखाहरु मध्य सबै भन्दा उत्कृष्ठ जिल्लाका शाखाका रुपमा सर्लाही जिल्ला शाखा र २० वर्ष देखि अनवरत पत्रकारिता पेशासँग आवद्ध बाराका पत्रकार सत्यप्रकाश श्रेष्ठ र मकवानपुरका पत्रकार कृष्णराज परियारलाई पनि गरिएको छ ।

कार्यक्रमकै अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष डा. महेन्द्र बिष्ट, न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केशी र सामुदायिक रेडियो प्रशारक संघ (अकोराब)का अध्यक्ष सुवास खतिवडालाई नेपाल पत्रकार महासंघ धादिङको तर्फबाट सम्मान गरिएको छ ।

श्रमजिवी पत्रकार पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसीले पत्रकारलाई लोकतन्त्रका मेरुदण्डको संज्ञा दिएर मात्रै नपुग्ने बताउँदै पेटभरि खान दिन नसके पत्रकारहरु विचलित हुने बताए ।

प्रकाशित: २६ माघ २०७३ १२:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App